advertisement
Send Us

काठमाडौँ, २३ पुस । नेपाल आयल निगमले आउँदो शुक्रबारसम्ममा खाना पकाउने एलपी ग्यास बजारमा सहज हुने जनाएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत महिनामा ग्यास आयातको परिमाणमा केही कमी आएकाले बजारमा अभाव देखिएको स्पष्ट पार्दै निगमले भारतबाट अहिले आयात सहज भइसकेको जानकारी दियो । गत आवको डिसेम्बरमा १९ हजार ७७५ मेट्रिक टन ग्यास […]

प्युठान, २३ पुस । देश भरका होटल व्यवसायी प्युठानमा भेला भएका छन् । राज्यले यस क्षेत्रलाई बेवास्ता गरेको तथा होटल व्यवसायीलाई अन्य उद्योगको जस्तो व्यवहार नगरेको भन्दै उनीहरुले आफ्ना समस्या पहिचान र मागका विषयमा छलफल गर्ने गरी भेला आयोजना गरेका हुन् । “विविध समस्याकाबीच पनि हामीले राज्यसहित हरेक क्षेत्रलाई आफ्नो सेवा दिएका छौँ ।” होटल […]

ललितपुर, २३ पुस । पछिल्लो समय ललितपुरका कृषक कफी खेतीप्रति निक्कै आकर्षित भएका छन् । ललितपुरको ठूलादुर्लुङ गाविस–६ का मीठाराम जमकट्टेलले विसं २०५४ देखि कफीखती गर्दै आउनुभएको छ । उहाँका अनुसार आफूले कफी लगाउन सुरु गर्दा जिल्लाभरि गरी दुई चारजनामात्र कृषक थिए । अहिले जिल्लामा कफीखेती गर्ने कृषक नगन्य रुपमा भइसकेका छन् । मीठारामले वार्षिक […]

बागलुङ, २३ पुस । व्यावसायिक पशुपालन गर्नेक्रम बढेसँगै बुर्तिवाङ–१ का अगुवा कृषक नरबहादुर क्षेत्री पनि गाईपालनबाट राम्रो कमाई गर्न सफल हुनुभएको छ । गाईको दूध बेचेर अगुवा कृषक क्षेत्री आत्मनिर्भर बन्नुभएको हो । नौ वर्षअघि स्थानीय जातको गाईपालन सुरु गर्नुभएका क्षेत्रीले पछि गाईपालनलाई व्यावसायिक बनाउनुभएको हो । अहिले तीनवटा जर्सी गाई पाल्नुभएका क्षेत्रीले दूध बेचेर […]

सोलुखुम्बु, २३ पुस । सोलुखुम्बुमा पछिल्ला वर्षमा अलैँचीको उत्पादनसँगै आम्दानी निकै बढेको छ । एकजना कृषकले यस वर्ष अलँैचीबाट रु २२ लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाभरिमा यस वर्ष ३५ हजार केजीभन्दा बढी अलँैची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । तर व्यापारीले भने करिब ४७ हजार केजी अलैँची उत्पादन भएको […]

कञ्चनपुर, २३ पुस । वन माथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरको कृष्णपुर–२ वाणीमा रहेको जनहित महाकाली सामुदायिक वनले ४०० उपभोक्ताका घरमा सुधारिएको चुलो जडान गरेको छ । वनले घाँस र दाउरा बेचेर आएको आम्दानीबाट स्थानीय उपभोक्ताका घरमा सुधारिएको चुलो जडान गरेको हो । उपभोक्तालाई सामुदायिक वनले सुधारिएको चुलो जडानका लागि रु ४०० अनुदान रकम उपलब्ध […]

विराटनगर, २३ पुस । मोरङका इँटा व्यवसायीले प्रतिहजार इँटाको मूल्य रु १७ हजार ५०० निर्धारण गरेका छन् । यसअघि इँटा व्यवसायीले इँटाको मूल्य प्रतिहजार रु १८ हजार ५०० कायम गरेकामा चौतर्फी रुपमा दबाब परेपछि सो मूल्य कायम गरिएको हो । इँटा व्यवसायीले एक विज्ञप्ति जारी गरी निर्धारित मूल्य विराटनगर उपमहानगरपालिकाका साथै सो वरिपरिको क्षेत्रका लागि […]

काठमाडौँ, २२ पुस । व्यवस्थापिका–संसदअन्तर्गतको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले खाना पकाउने एलपी ग्यास आपूर्ति सहज गराउन दीर्घकालीनरुपमा अपनाउनुपर्ने नीतिका सम्बन्धमा अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिले आज दिएको जानकारीअनुसार सभापति भिष्मराज आङदेम्वेले १५ दिनभित्र समितिसमक्ष राय सुझाव पेस गर्ने गरी सभासद् नारायणबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो […]

काठमाडौँ, २२ पुस । उद्योगमन्त्री महेश बस्नेतले औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न अनुमति दिँदा मिलेमतो हुने कार्य हटाउन निर्देशन दिनुभएको छ । बालाजु औद्योगिक क्षेत्रको स्थलगत अवलोकनका क्रममा आज आयोजित कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रभित्र वास्तविक उद्योगीले मात्र उद्योग सञ्चालन गर्न पाउनुपर्ने र भाडा दरलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योगमन्त्री बस्नेतले भन्नुभयो, “यस क्षेत्रभित्र जग्गा […]

काठमाडौँ, २२ पुस । विभिन्न अधिकारकर्मी तथा व्यवसायीले बजारमा ग्यासको अभाव न्यूनीकरण गर्न आपूर्तिलाई बढाउन माग गरेका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले बजारको मागअनुसार अहिले ग्यास आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेकाले ग्यासको परिमाणलाई छिट्टै बढाउन आग्रह गरेका हुन् । अधिकारकर्मी प्रेमलाल महर्जनले गत वर्षको यही समयमा पनि भारतको बरौनी डिपो […]