advertisement
Send Us

फस्टाउँदो कफी व्यवसाय

Click Link to Send:
Click Link to Send:

ललितपुर, २३ पुस । पछिल्लो समय ललितपुरका कृषक कफी खेतीप्रति निक्कै आकर्षित भएका छन् ।

ललितपुरको ठूलादुर्लुङ गाविस–६ का मीठाराम जमकट्टेलले विसं २०५४ देखि कफीखती गर्दै आउनुभएको छ ।

उहाँका अनुसार आफूले कफी लगाउन सुरु गर्दा जिल्लाभरि गरी दुई चारजनामात्र कृषक थिए । अहिले जिल्लामा कफीखेती गर्ने कृषक नगन्य रुपमा भइसकेका छन् ।

मीठारामले वार्षिक रुपमा खर्च कटाएर करिब रु चार लाख आम्दानी गर्ने हुनुभएको छ । उहाँले अहिले २५ रोपनी जग्गामा कफीखेती गर्दै आउनुभएको छ ।

कफी लगाएको तीन वर्षदेखि आम्दानी दिन थाले पनि यसबाट राम्रो आम्दानी भने चारदेखि छ वर्षको समयमा लिन सकिन्छ ।

रोग र कीराले नसताई समयले साथ दिने हो भने एकबोट कफीबाट २० देखि २५ वर्षसम्म आम्दानी लिन सकिन्छ । यसरी एकपटकको मेहनतले लामो समयसम्म आम्दानी लिन सक्ने भएकाले पछिल्लो समय कफीखेतीप्रति कृषकको आकर्षण बढेको हो–उहाँ भन्नुहुन्छ ।

ललितपुरका अर्का किसान कृष्णबहादुर घिमिरे अन्य व्यवसायका लागि छोटो समयमा नै पटक–पटक लगानी गर्नुपर्ने बताउनुहुन्छ ।

अहिले यस जिल्लामा वार्षिक रुपमा २५ टन कफी उत्पादन हुने गरेको छ । पछिल्लो समय कफी उत्पादन बढाउनसके बजारको अभाव नहुने कृषकको भनाइ छ ।

बढीमात्रामा विदेशमा निर्यात हुने भए पनि केही समययता स्वदेशमा पनि कफी प्रयोगकर्ता बढ्ने गरेका छन् ।

कृषक घिमिरेकाअनुसार अन्यबाली लगाउँदा एक बालीभित्र अर्का बाली लगाउन सकिँदैन कफी व्यवसाय गर्दा उक्त व्यवसायलाई राम्रो गर्नका लागि पनि अन्य अन्तरबाली लगाउनै पर्ने हुन्छ । यसो हँुदा एकै स्थानबाट फरक–फरक बालीबाट आम्दानी लिन सकिन्छ ।

कफीलाई स्वस्थ राख्नका लागि त्यसलाई छहारीको अवश्यकता हुने हुँदा कृषकले अम्बा, केरा, हलेदो, खुर्सानीलगायतका अन्तरबाली लगाउने गर्दछन् ।

कफीको उत्पादन विशेषगरी कात्तिकदेखि चैत महिनासम्म हुन्छ । एक वर्षमा एक बोट कफीबाट पाँचदेखि सात किलोसम्म आम्दानी लिन सकिन्छ ।

जिल्ला कृषि विकास कार्यलयका सूचना अधिकृत हरि पण्डितकाअनुसार अहिले ४६ लाख ८१ हजार ३२ जना जनसङ्ख्या रहेको यस जिल्लामा १२ लाख ८६ हजार ८६ जना नागरिक कृषि पेसामा आकर्षित छन् ।

उहाँका अनुसार सामुन्द्रिक सतहदेखि ८०० देखि १६ मिटरको उचाई कफी खेतीका लागि राम्रो मानिन्छ । पण्डित भन्नुहुन्छ– “अहिले ललितपुरका चन्दनपुर, गोटीखेल, प्युटार, ठूलादुर्लुङ, आर्साङलगायतका गाविसमा विशेषगरी कफीखेती हुने गरेको छ ।”

कफीखेती गर्ने किसान कति प्रतिशत रहेका छन् भन्ने यकिन जानकारी नभएको भए पनि ललितपुरमा अहिले ६३६ कृषकले कफीखेती गरेका छन् ।

कृषि विकास कार्यालयका अनुसार केही समययता ललितपुरमा कृषक व्यावसायिक खेतीप्रति केन्द्रित हुने गरेको देखिन्छ । व्यावसायिक रुपमा कृषकले कफी, टनेलको गोलभँेडा, माछापालन, च्याउखेती, दूध उत्पादनका लागि गाईपालन लगायतका कृषि व्यवसाय गर्दै आएका छन् ।

अन्य बालीको बिमा हुनेहँुदा रोग कीराले सताएर घाटा हँुदा पनि किसानलाई त्यत्ति समस्या हुँदैन । अहिलेसम्म कफी खेतीको बिमा सरकारले व्यवस्था नगरेकाले कुनै समय सिधुरे र सेतो गभारो रोगले सताउँदा कफी व्यवसायी अत्यन्तै मर्कामा पर्ने गरेका छन् ।

त्यसैले गर्दा यस व्यवसायका लागि पनि बिमाको व्यवस्था गरिदिन सरकारसँग कृषकले आग्रह गरेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement