advertisement
Send Us

राजाको हुकुम प्रमाङ्गीको आदेश मार्फत नछुटेको भए कसरी छुटेका थिए पाण्डे ?

Click Link to Send:
Click Link to Send:

Sambeg Basnetसंवेग बस्नेत। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे ३२ बर्ष अघिको भ्रष्टाचार मुद्धामा अहिले जेल चलान भएका छन । तत्कालिन खानेपानी तथा ढलनिकास बिभागको लेखापाल पदमा कार्यरत रहदा पाण्डेले ०३३–३४ ,०३४–३५ र ०३५–३६ गरी तीन आर्थिक बर्षमा नौ लाख भन्दा बढि भ्रष्टाचार गरेको तत्कालिन अख्तियारको अनुसन्धानबाट खुलेको थियो ।
त्यहि आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो जरिवान असुलउपर गरी नीन बर्ष कैद सजाय सुनाएको थियो । सोही अनुसार पाण्डेले एक बर्ष पॉच महिना बाइस दिन कैद भुत्तान गरेका थिए । तर उनकी श्रीमती उर्मिला पाण्डेले तत्कालिन राजा बिरेन्द्र समक्ष बिन्तिपत्र हाले पछि राजा बिरेन्द्रकै हुकुम प्रमाङ्गीमार्फत आफु छुटेको पाण्डेको दाबी थियो । तर उनले अदालत समक्ष प्रमाण जुटाउन सकेका थिएनन । सोही कारण सर्वोच्च अदालतको आदेशमा पाण्डे बाकीं सजाय भुत्तान गर्नका लागि जेल चलान भएका छन ।

प्रश्न जेल चलान हुनु मात्रै हैन , प्रश्न पाण्डे नियम अनुसार नछुटेका भए कसरी छुटेका थिए भन्ने पनि हो ? जेल बाहिर आएर तीन दशक सम्म खुलेयाम हिड्दा प्रहरीले प्रकाउ गरेन ,र कसैले प्रश्न गरेन ? अनि उद्योग बाणिज्य महासंघको र्दुइ कार्यकाल सम्म उपाध्यक्ष जस्तो पदमा रहेर अन्त्यमा अध्यक्ष मा समेत र्निवाचित हुन पुगे ? र ठुला ठुला औषधी लगाएतका उद्योगहरु सञ्चालन गरी राख्दा समेत कसैले उनको बाकी सजायको बारेमा कुरा उठाएन ? प्रश्न यहांनेर उठेको छ , पाण्डे नियम अनुसार नछुटेका भए ,उनी जेलबाट भागेका थिए वा भगाइएको थियो , भगाइएको थियो भने कसले भगाएको थियो ? यसको जवाफ राज्यले दिनु पर्छकी पर्र्दैन , यस बिषयमा सरकार किन मौन छ ? वा पाण्डेको मुद्धा व्युताउनेहरु किन मौन छन ? र अदालतले समय गौण रहेको यो बिषयमा किन चासो दिदैन ? यसले गर्दा अदालतको निर्णयमा समेत संका उब्जिएको छ ।

प्रश्न जे भएपनि साचो केहो भने पाण्डे उद्योग वाणिज्य संघको र्निवाचनमा अध्यक्षमा लड्ने समय सम्म उनको यो मुद्धाको बिषयमा कसैले प्रश्न उठाएको थिएन ? र जव उनी अध्यक्ष पदमा निर्वाचित हुन पुगे सबै भन्दा पहिला यो मुद्धालाई आफुलाई राष्ट्रको सर्वश्रेष्ठ च्यानल दाबी गर्ने एक टेलिभिजन च्यानलले यो मुद्धालाई बडो महत्वका साथ प्रशारण गरेको थियो ।

भलै पाण्डे अहिले जेलमा छन , तर यति गंभीर मुद्धाले ल्याएको तरंग सजिलै सेलाउने छैन , यो मुद्धामा दबाइएका पक्षहरु बिस्तारै बाहिर आउने नै छन , यसको खोजी अवस्य नै हुनेछ ,अन्यमा सत्य बाहिर आउने नै छ ? गल्ती गर्नेहरुले सजाय पाउनै पर्छ र त्यो बिधि सम्मत हुन पनि त्यतिकै आवश्यक छ ।

Your Opinion

Opinion

advertisement
advertisement