advertisement
Send Us

अख्तियारले पूर्णता पायो

Click Link to Send:
Click Link to Send:

CIAAकाठमाडौँ, १५ फागुन । संवैधानिक परिषद्को आज बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त आयुक्त पदमा पाँच जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।

परिषद्ले आयोगका रिक्त आयुक्त पदमा दिप बस्न्यात (उदयपुर), नविनकुमार घिमिरे (झापा), गणेशराज जोशी (लमजुङ), राजनारायण पाठक (महोत्तरी) र डा सावित्री गुरुङ (भोजपुर)लाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

परिषद्मा गम्भिर र व्यवस्थित छलफल पश्चात् उक्त निर्णय सर्वसम्मतले गरिएको परिषद्का सदस्य समेत रहनुभएका सभामुख सुवास नेम्वाङले सञ्चारकर्मीलाई बताउनुभयो ।

निर्वाचन आयोगमा एक आयुक्त पद रिक्त भएपनि चाँडै अन्य पदमा पनि रिक्त हुनलागेकाले सबै पदमा एकैसाथ सिफारिस गर्ने भन्दै परिषद्ले आज कुनै सिफारिस नगरेको सभामुख नेम्वाङले जानकारी गराउनुभयो ।

नियुक्तिका लागि परिषद्ले सिफारिस गरिएका उक्त नामलाई संसदीय सुनुवाई विशेष समितिले सुनुवाई गरेर पारित गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने कानुनी प्रावधान छ ।

यस अघि परिषद्को विहिवार सम्पन्न बैठकले लोकसेवाका रिक्त अध्यक्षमा उमेश मैनालीसहित छ सदस्यको नाम नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहनु भएको परिषद्को सदस्यहरूमा प्रधानन्यायाधीश, सभामुख, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र प्रधानमन्त्रीले तोकेका तीनजना मन्त्री रहने संवैधानिक व्यवस्था छ ।

Your Opinion

Opinion

advertisement
advertisement