advertisement
Send Us

प्रधानमन्त्री तथा सहकारी मन्त्री कोइरालाको अध्यक्षतामा सहकारी बोर्डको बैठक

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, १५ फागुन । राष्ट्रिय सहकारी बोर्डले देशलाई आत्मनिर्भर बनाउन कृषिको विकास गरी उत्पादनमूलक तथा रोजगारमूलक कार्यक्रम ल्याउने निर्णय गरेको छ ।

बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री तथा सहकारी मन्त्रीको अध्यक्षतामा आज ललितपुरमा बसेको बैठकले विद्यमान व्यापार घाटा कम गर्न उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने र युवा विदेश पलायन रोक्न स्वदेशमै रोजगारमूलक आयआर्जनका कार्यक्रम अघि बढाउन लागेको बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले जानकारी दिनुभयो ।

बैठकले सहकारीको प्रवद्र्धनका लागि सहअध्यक्ष शर्माको नेतृत्वमा अर्थ तथा सहकारी मन्त्रालय, राष्ट्रिय योजना आयोग, सहकारी विभागलगायत अन्य सरोकारवाला निकायका प्रतिनिधि र सहकारी विज्ञ दीपकप्रकाश बाँस्कोटा रहेको एक संयोजक समितिसमेत गठन गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement