advertisement
Send Us

नागाल्याण्डमा बलात्कार आरोपीको हत्याले सिकाएको पाठ

Click Link to Send:
Click Link to Send:

Sambeg Basnetसंवेग बस्नेत । भारतको नागाल्याण्ड राज्यमा बलात्कार आरोपीलाई स्थानीय बासिन्दाले कुटी कुटी हत्या गरेको खबर अहिले निकै चर्चामा छ । स्थानीयले बलात्कार आरोपी युवकलाई राजधानी दिमापुर स्थित जेल तोडेर बाहिर निकाले पछि कुटी कुटी हत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन ।

नागाल्यान्डमा सेकेन्ड हान्ड कारको डिलर चलाउदै आएका बंगलादेशी आप्रवासी फरिद खानमाथी गत फेब्रुअरी २३ र २४ तारिखका दिन एक २० बर्षीया नागा छात्रा माथी बलात्कार गरेको आरोप लागेको थियो । उनलाई प्रहरीले २५ फेब्रुअरीमा फक्राउ गरी स्थानीय अदालतको स्वीकृतीमा न्यायिक हिरासतमै राखेको थियो । आरोपी खानलाई बिद्यार्थी समेतको सहभागीता रहेको भिडले लाठी र ढुगां प्रहार गरी हत्या गरेका थिए ।

प्रहरी हिरासतमा रहेको अवस्थामा ति युवकलाई हत्या गर्ने स्थानीयहरुको काम कुनै पनि हिसावले सहि मान्न सकिदैन । किनकी भारत कानुनी राज्य भएको र बिश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक देश हो । ती युवकलाई अदालतले दोषी प्रमाणित गरिसकेको थिएन । के थाहा उनी निर्दोष प्रमाणित पनि हुन सक्दथे । यदि उनी निदोर्ष भएको भए उनको परिवारलाई कस्तो पीडा होला ?यो आफैमा बिचारणीय प्रश्न होला ।

कुनै पनि दोष लाग्दैमा दोषी हुन्छ भन्नु गलत मानसिकताको उपज हो । मुद्धा चलिरहेको अवस्थामा हतार गरी युवकलाई जेलबाटै निकालेर हत्या गर्नु अमानविय कार्य हो ।

यो घटना हुनुको पछाडी धेरै कारण होलान तर राज्यले पीडितलाई छिटो न्याय दिन नसक्नु प्रमुख कारण हो । बलात्कारका घटना दिन दिनै बढदै जाने तर राज्यले पीडितलाई न्याएको अनुभूति दिन नसक्दा आम नागरिकमा आक्रोश हुनु स्वाभाविकै हो । जब राज्यले पीडितलाई छिटो न्याय दिन सक्दैन ,राज्य प्रति नागरिकको बिश्वास पनि घटदै जान्छ । परिणाम पीडितहरु हत्या जस्तो जघन्य अपराध गर्न पछि पर्दैनन् ।

यो घटनाबाट नेपालले पनि शिक्षा लिन आवश्यक छ । किनकी नेपालमा पछिल्लो पटक हिंसाको घटनाहरु बढदै गएका छन । दिन दाहडै बलात्कार गरिन्छ , हत्या ,लुटपाट र चोरी गरिन्छ । पछिल्लो पटक राजधानीमै दुई किशोरी सिमा बस्नेत र संगीता मगर माथी एसिड प्रहार गर्ने युवक अझै पक्राउ परेका छैनन । सिमा र संगीता प्रतिनीधि पात्र मात्रै हुन तर अन्य धेरै हिंसा पीडितहरुले न्याय पाउन सकेका छैनन् । मुलुकमा दण्डहिनता मौलाउदै गएको छ ।

बलात्कार , धम्की ,अपहणर ,लुटपाट ,हत्या जस्ता जघन्य अपराधका दोषीहरुलाई राज्यले उन्मूत्ती दिदै आएको छ । फेरी नेपालको कानुननी प्रक्रिया पनि निकै झन्झटिलो रहेको छ । न्याय माग्न जाने निकायहरुले दिने दुखले पीडितहरु पीडा लिएर बस्न बाध्य हुने अवथा छ ।

जसले गर्दा पीडितहरुमा बदलाको भावना आउनु स्वाभाविक पनि हो । जसको परिणाम नागाल्याण्डमा भएको घटना जस्तै गंभिर हुन सक्छ । नेपाल सरकारले पनि हिंसा र अपराधका दोषीहरुलाई कानूनि कठघरामा ल्याएर पीडितलाई छिटो न्याय दिन ढिलाई गर्नु हुदैन ।

Your Opinion

Opinion

advertisement
advertisement