advertisement
Send Us

कलबाइपासको अभियोगमा मोरङको कोसीहरैँचाबाट दुई पक्राउ

विराटनगर, १५ फागुन । कलबाइपास गरेको अभियोगमा आज मोरङको कोसीहरैँचाबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको अर्खौले–३ का देवराज बस्नेत र पाँचथरको वलने–३ का कविन भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरूले कोसीहरैँचा–१ मा एक घरको कोठा भाडामा लिइ जिएसएम ओभर इन्टरनेट प्रोटोकलमार्फत कल बाइपास गर्दै आइरहेका थिए । […]

काठमाडौँ, १५ फागुन । राष्ट्रिय अखण्डता, एकता र सार्वभौमसत्ताको रक्षा गर्न संघीय समावेशी मोर्चा गठन गरिएको छ । संविधानसभाबाट आउने नयाँ संविधानमा पूर्ण समानुपातिक समावेशी पहिचानसहितको प्रष्ट व्यवस्था र विगतमा भएका सहमति सम्झौताहरुको पालना गर्दै धार्मिक स्वतन्त्रतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको संविधान जारी गराउन दबाब दिने उद्देश्यले सो मोर्चाको गठन गरिएको हो । नेपाली जनताको […]

रौतहट, १३ फागुन । राष्ट्रपति डा रामवरण यादवले परोपकारी उद्देश्यले गरिएका कार्यहरुले सफलता पाउने बताउनुभएको छ । आज रौतहटको चन्द्रपुर नगरपालिका–१४ स्थित श्रीकृष्ण प्रणामी धार्मिक पर्यटन महोत्सवमा सहभागी हुँदै उहाँले दिन दुःखीको सेवा गर्नु नै धर्म भएको विचार व्यक्त गर्नु भयो । राष्ट्रपति डा यादवले एन्ड्रोइड मोबाइलको एउटा एप्सबाट नेपालमै पहिलोपटक श्रीकृष्ण प्रणामी वृद्धाश्रमको उद्घाटन […]

काठमाडौँ, १३ फागुन । भारतले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक गतिरोध वार्ताको माध्यमबाट सहमतिमा टुङ्गिने विश्वास व्यक्त गरेको छ । नेपालको राजनीतिक अस्थिरताबारे भारतका विदेश राज्यमन्त्रीले आज त्यहाँको संसद्मा मन्तव्य राख्दै राजनीतिक दलहरूबीचको सहमतिमा नै समस्याको समाधान निस्कनेमा भारत आशावादी रहेको बताउनुभयो । “छिमेकसँगको सहकार्यात्मक भविष्यमा भारत विश्वास गर्छ, प्रजातान्त्रिक, स्थिर एवम् समृद्ध नेपाल हाम्रो पारस्परिक […]

गौशाला, ११ फागुन । कार्यालय प्रमुखको लापरबाहीका कारण मालपोत कार्यालय महोत्तरीमा ४०० भन्दा बढी मुद्दा लामो समयदेखि थन्किएर बसेको छ । गुठी संस्थानको नामसारी, मोही नामसारी, हकसाफी मुद्दाअन्तर्गतको जग्गासम्बन्धी लेनदेनलगायत गम्भीर प्रकृतिका मुद्दा लामो समयदेखि थन्किएको जिल्ला मालपोत कार्यालय महोत्तरीले जनाएको छ । सो कार्यालयका अनुसार हकसाफी नौ र छुट जग्गासम्बन्धी ४०० मुद्दा थन्किएको छ […]

चितवन, ११ फागुन । चितवन जिल्ला भारतसँग जोडिएकाले त्यहाँ फैलिएको स्वाइनफ्लूको प्रकोप यता आउन सक्ने भन्दै सतर्कता अपनाउन थालिएको छ । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि प्रकोप तीव्र गतिमा बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । भारत सिमाना जोडिएकाले बढी स्वाइनफ्लु सर्न सक्ने सम्भावना रहेकाले पनि यहाँ थप सतर्कता […]

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिका–२७ वसन्तपुरमा आज अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा दुईजना किशोरी घाइते भएका छन् । वसन्तपुरको झाँछेस्थित ए माइनस प्लस ट्युसन सेन्टरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणबाट रामेछाप खनियाँपानी­८ घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङ्गीता मगर र रौतहट पौराही­१ घर […]

मोरङ, १० फागुन । विराटनगरका पत्रकार ब्रह्मदेव यादवमाथि बन्धक बनाई निर्घात कुटपिट गर्ने सुनसरी मोरङ सिँचाइ योजनाका डिभिजन इन्जिनियर तारा पौडेललाई कारबाहीस्वरुप सरुवा गरिएको छ । डेढ वर्षअघि पूर्वाञ्चल सिँचाइ कार्यालयबाट काज सरुवामा आउनुभएका पौडेललाई कारबाहीस्वरुप पुनः पूर्वाञ्चल सिँचाइमा सरुवा गरिएको छ । पौडेलले इन्जिनियर प्रेमचन्द्र झा, केदार तिवारी र भान्से सुधिर चौधरीको सहयोग लिएर […]

भीमदत्तनगर, १० फागुन । पश्चिमी सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले पछिल्लो समय चोरी सिकारी नियन्त्रणलाई तीव्रता दिएपछि भन्सार राजस्वमा वृद्धि भएको छ । कञ्चनपुरको सीमा नाका गड्डाचौकी, बेलौरी र दोधारा–चाँदनीमा खटिएको सशस्त्र प्रहरीले खुला सीमा नाकाका कारण भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउन लागिएका सामान सीमामा बरामद गर्ने क्रम बढेको छ । […]

गोरखाबजार, १०फागुन । लोपोन्मुख हिमाली जनावर हिउँ चितुवा संरक्षणका लागि गोरखाको उत्तरी गाविसका गाउँलेलाई परिचालन गरिने भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले छेकम्पार, चुम्चेत र सामागाउँका स्थानीय बासिन्दालाई सचेत बनाएर हिउँ चितुवा संरक्षण अभियानमा परिचालन गर्ने तयारी गरेको हो । छेकम्पार, चुम्चेत र सामागाउँको माथिल्लो क्षेत्रमा हिउँ चितुवाको बासस्थान छ । “हिउँ […]

Page 1 of 15123Next ›Last »