advertisement
Send Us

भक्तपुर, २७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले संविधान निर्माण प्रक्रिया एवम् सहमति प्रयास दुवै छाड्न नहुने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुवै प्रक्रिया नछाडी सँगसँगै लैजानुपर्ने बताउँदै भन्नुभयो –“प्रक्रियालाई अगाडि बढाउँदै सहमति प्रयास जारी राख्नुपर्छ, प्रक्रिया छाडेर सहमतिको प्रयास गरे फेरि संविधान निर्माण […]

काठमाडौँ, २५ माघ । शिवशक्ति राहुलेश्वरानन्द फाउन्डेसनले पशुपति वनकालीस्थित हंशमण्डपमा १०१ जोडीको आज सामूहिक विवाह गराएको छ । विभिन्न जाति समुदायका युवा तथा युवतीको वैदिक सनातन संस्कृतिअनुसार प्रथमपटक यस्तो सामूहिक विवाह भएको हो । उक्त कार्यक्रममा सहभागी बरबधुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अविवाहित भएको प्रमाणित पत्र तथा अभिभावकको सहमति सो फाउन्डेसनलाई बुझाएपछि वैवाहिक समारोहलाई आवश्यक […]

म्याग्दी, २५ माघ । उपराष्ट्रपति परमानन्द झाले संविधान जारी गर्नका लागि तत्काल दलहरुको बीचमा सहमति हुनुपर्ने र सहमतिमा नै नयाँ मिति तय गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । दुई दिने धार्मिक भ्रमणका लागि यहाँ आउनुभएका उपराष्ट्रपति झाले आइतबार बिहान म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरमा मन्दिरकोे दर्शन र पूजाअर्चना गरेपछि सञ्चारकर्मीसँग सो कुरा बताउनुभएको हो । […]

लहान, २५ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ । जिल्लाको विकास निर्माण योजनाबारे सिरहाका कार्यालय प्रमुखहरुसँग छलफल गर्न सिरहा सदरमुकाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै भन्नुभयो – “हामी वार्तामा जाँदैनौँ भनेका छैनौँ, वार्ताको वातावरण बने […]

काठमाडौँ, २४ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेसीलगायत उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गरी संविधान जारी गर्नुपर्ने बताउनुभएको छ । भागवत्नरसिंह प्रधानद्वारा लिखित थँ वहिल विक्रमशील महाविहार ‘कमलपोखरी’ (भाग–१) को आज यहाँ विमोचन गर्दै उहाँले वर्तमान संविधानसभाले युगौँदेखि उत्पीडनमा पारिएका समुदायको अधिकार सुनिश्चित गर्न नसक्ने हुँदा त्यसलाई विघटन गरी […]

पोखरा, २४ माघ । उपराष्ट्रपति परमानन्द झाले युवा–युवती देश छोडेर कामका लागि बिदेसिनुले मुलुकका लागि भयावह समस्याको स्थिति उत्पन्न गराएको बताउनुभएको छ । पोखरा उपमहानगरपालिका–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माध्यमिक विद्यालयको १५ औँ अभिभावक दिवस तथा नवनिर्मित भवको उद्घाटन गर्दै उहाँले नेपालीले अहिले छोराछारी विदेशका लागि जन्माइदिने हो कि जस्तो अवस्था देखा परेको […]

इलाम, २४ माघ । इलाममा वैदेशिक रोजगारीमा जाने युवाका लागि परामर्श दिएर सुरक्षित तथा भरपर्दो गन्तव्य बनाउने उद्देश्यले स्थापना भएको वैदेशिक रोजगार आप्रवासी सूचना केन्द्र गतिलो माध्यम बन्दै गएको छ । दलाललाई चर्को शुल्क तिरेर विदेश जाने धेरैजसो युवा अहिले सूचना केन्द्र स्थापनापछि परामर्श लिएरमात्र वैदेशिक रोजगारीमा जाने गरेको केन्द्रले जनाएको छ । विसं २०७० […]

वीरगन्ज (पर्सा), २४ माघ । सेढवा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गएराति ५० किलो चरेसको धुलो बरामद गरेको छ । पर्साको जितपुर गाविस वडा नं ४ मा प्रहरीले चरेसको धुलो बरामद गरेको हो । मकवानपुरको मनहरी हुँदै चारकोसे झाडी भएर पर्साको हरैया क्षेत्रमा निस्किएर भारततर्फ निकासी गर्न लगिरहेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी […]

रुपन्देही २३ माघ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । प्रहरीले रुपन्देहीको गजेडी गाविस–९ कटैयास्थित बिश्वनाथ केवटको झुपडीबाट ३० किलो चरेससहित सूर्यपुरा गाविसमा लागुऔषध चरेस भण्डारण गरी भारततर्फ लैजाने गरेको सूचनाका आधारमा प्रकाश मल्लाहलाई पक्राउ गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिनुभयो । उहाँले पहाडी जिल्लाबाट प्रतिकिलो […]

काठमाडौँ, २३ माघ । विद्युतको तार सार्ने काममा सेवाग्राहीसँग घुस लिई पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी कृष्णबहादुर सापकोटा र बिचौलियाको काम गरेका विष्णुलाल श्रेष्ठविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर सापकोटाले बिचौलिया श्रेष्ठमार्फत काठमाडौँको म्हेपीमा बिद्युत्को तार सार्ने कामका लागि सेवाग्राहीसँग रु ६५ हजार […]