advertisement
Send Us

आप्रवासी सूचना केन्द्र गतिलो माध्यम बन्दै

Click Link to Send:
Click Link to Send:

rojgarइलाम, २४ माघ । इलाममा वैदेशिक रोजगारीमा जाने युवाका लागि परामर्श दिएर सुरक्षित तथा भरपर्दो गन्तव्य बनाउने उद्देश्यले स्थापना भएको वैदेशिक रोजगार आप्रवासी सूचना केन्द्र गतिलो माध्यम बन्दै गएको छ ।

दलाललाई चर्को शुल्क तिरेर विदेश जाने धेरैजसो युवा अहिले सूचना केन्द्र स्थापनापछि परामर्श लिएरमात्र वैदेशिक रोजगारीमा जाने गरेको केन्द्रले जनाएको छ ।

विसं २०७० चैत १२ गतेदेखि स्थापना भएको वैदेशिक रोजगार आप्रवासी सूचना केन्द्रमा अहिले दैनिकजसो १५ देखि २० जना युवा परामर्श लिन आउने गरेको केन्द्रका परामर्शदाता श्याम श्याम्बोले जानकारी दिनुभयो ।

केन्द्रले दिएको तथ्याङ्कअनुसार एक हजार ४७५ पुरुष र ३४९ जना महिला गरी जम्मा एक हजार ८२४ जनाले वैदेशिक रोजगारीमा जानुअघि परामर्श लिइसकेका छन् ।

कतिपय अवैध रुपमा खुलेका म्यानपावरले तोकिएको शुल्कभन्दा बढी लिएर वैदेशिक रोजगारीमा पठाउने गरेका थिए ।

केन्द्रले म्यानपावरलाई पैसा बुझाएको रसिद अनिवार्य रुपमा लिनुपर्ने, विदेश उड्नुअघि अभिमुखीकरण तालिम लिनुपर्ने, सीप सिकेर मात्र वैदेशिक रोजगारमा जानुपर्ने, श्रम स्वीकृति लिएरमात्र जानुपर्ने, रोजगारीमा गएपछि सुरक्षित बसाइँ र फर्किएपछि कमाएको पैसा कसरी लगानी गर्नेलगायतका विषयमा परामर्श दिने गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement