advertisement
Send Us

एमाओवादीले संविधानसभाबाट भागेर ठूलो गल्ती गर्‍यो–उपप्रधान मन्त्री सिंह

Click Link to Send:
Click Link to Send:

prakashman Singhत्रिशूली , १५ फागुन । उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिहले एकीकृत नेकपा (माओवादी)ले संविधानसभाबाट भागेर ठूलो गल्ती गरेको बताउनुभएको छ ।

आज विदुरमा ट्रेड युनियन काँग्रेस प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दैै उपप्रधानमन्त्री सिंहले संविधानसभालाई आफ्नो मात्र एजेण्डा भएको दाबी गर्ने एमाओवादी संविधानसभाबाट भागेका कारण संविधान बन्न नसकेको स्पष्ट पार्नु भयो ।

‘एमाओवादी संविधानसभाबाट भागेर अलोकतान्त्रिक गतिविधि देखाइरहेको छ । यसले देशलाई अन्यौल बनाएको छ’ उहाँले भन्नुभयो ।

संविधान दिन नसक्दा राजनितिक अस्थिरता बढेको भन्दै मन्त्री सिंहले राजनितिक संक्रमणकाल र बढ्दो वेरोजगारी अन्त्यका लागि संविधान आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुननरसिंह केसी र डा प्रकाशशरण महतले सामाजिक र आर्थिक समृद्धिका लागि लगानी सुरक्षित गर्न र राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्न आवश्यक भएकाले त्यसका लागि संविधान आवश्यक रहेको धारणा राख्नु भयो ।

Your Opinion

Opinion

advertisement
advertisement