advertisement
Send Us

सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी हुने : मन्त्री रिजाल

Click Link to Send:
Click Link to Send:

Rijalपरासी, १५ फागुन । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले दलहरूबीच सहमति हुन नसके प्रक्रियाबाट संबिधान जारी हुने बताउनुभएको छ ।

नवलपरासीको तमसरियामा आजदेखि सुरु भएको बाल महोत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले सरकार सहमतिका लागि अधिक लचिलो भएर प्रस्तुत भएको छ, यसलाई कमजोरी ठानेर विपक्षीहरू आन्दोलनमा जानुलाई ‘बेमौसमी बाजा’को संज्ञा दिनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री रिजालले संविधान निर्माणको महत्वपूर्ण समयमा एनेकपा माओवादी नेतृत्वको मोर्चा सडक सङ्घर्षमा जानुको कुनै अर्थ नहुने पनि बताउनुभयो ।

मधेसवादी दललाई लक्षित गर्दै डा रिजालले भन्नुभयो “मधेसी जनताले आन्दोलन होइन, सङ्घीय लोकतान्त्रिक संविधान खोजेका छन् ।”

मन्त्री रिजालले प्रधानमन्त्री सुशील कोइराला सहमतिबाट संविधान जारी गर्ने मनसायमा रहेको र पटक पटक विपक्षी मोर्चालाई सहमतिमा आउन आग्रह गर्नुले सहमतिमै नयाँ सविधान बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नवलपरासीमा पहिलो पटक आयोजित ‘बाल महोत्सव—२०७१’ एक सातासम्म चल्नेछ ।

Your Opinion

Opinion

advertisement
advertisement