advertisement
Send Us

प्रधानमन्त्री तथा सहकारी मन्त्री कोइरालाको अध्यक्षतामा सहकारी बोर्डको बैठक

काठमाडौँ, १५ फागुन । राष्ट्रिय सहकारी बोर्डले देशलाई आत्मनिर्भर बनाउन कृषिको विकास गरी उत्पादनमूलक तथा रोजगारमूलक कार्यक्रम ल्याउने निर्णय गरेको छ । बोर्डको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री तथा सहकारी मन्त्रीको अध्यक्षतामा आज ललितपुरमा बसेको बैठकले विद्यमान व्यापार घाटा कम गर्न उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने र युवा विदेश पलायन रोक्न स्वदेशमै रोजगारमूलक आयआर्जनका कार्यक्रम अघि बढाउन लागेको […]

म्याग्दी, १० फागुन । गत मङ्सिरदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या भोगिरहेका म्याग्दीवासीलाई आज एक हजार ४०० सिलिन्डर वितरण गरिएको छ । प्रहरीको रोहबरमा ग्यासको अधिकृत बिक्रेताले उपभोक्तालाई ग्यास वितरण गरेका हुन् । ग्राहकको विवरण टिपेर प्राथमिकताका आधारमा प्रहरीको रोहबरमा उपभोक्तालाई ग्यास वितरण गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो । […]

गोरखाबजार, १० फागुन । प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गोरखाको मनकामना मन्दिरमा भारतीय पर्यटकको चाप बढ्दै गएको छ । दिनहुँ केबुलकारमार्फत मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटक भित्रँदै आएका छन् । विशेषगरी साताको दुई दिन (शुक्रबार अपराह्नपछि र शनिबार दिनभर) मन्दिरमा पूजाअर्चनाका लागि भारतीय पर्यटकको भिड हुने गरेको छ । “दिनमा सात हजारसम्म भक्तजन मनकामना मन्दिर आउँछन्”–मनकामना […]

भद्रपुर, १० फागुन । झापाको विर्तामोडदेखि चन्द्रगढीसम्मको १२ किमि बाटोको निर्माण कार्य सुरु भएको छ । कुल रु १० करोड लागतमा सात मिटर चौडाइ कालोपत्र सडक निर्माण गर्न लोहनी थोदुङ सिंह एण्ड ब्रदर्श कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी ठेक्का लिएको कार्यालयका प्रमुख रामहरि पोखरेलले जानकारी दिनुभयो । निर्माण कम्पनीले सम्झौता गरेको अवधिमा छ महिना पार […]

काठमाडौँ,१० फागुन। व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा ऊर्जा मन्त्रालयले अहिलेकै जनशक्तिबाट आयोजना अघि बढाउन नसकिने जानकारी दिएको छ । आयोजना कस्तो प्रणाली र पद्धति अपनाएर अघि बढाउनुपर्छ भन्नेमा मन्त्रालयको राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्वबीच गम्भीर मतभेद र टकराव देखिए पनि जनशक्ति अपुगका कारण आयोजना अघि बढाउन नसकिएको कुरामा भने एउटै स्वर देखिएको छ । […]

जुम्ला, १० फागुन । बर्सेनि कनिका छराइका रुपमा आउने बजेट तथा दलीय भागबन्डाका कारण कर्णाली क्षेत्रको पर्यटन विकास तथा त्यसको प्रवद्र्धन हुन नसकेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् । कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति जुम्लाद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवराज शर्माले विगतदेखि एकद्वार प्रणालीबाट बजेट निकासा हुनेभन्दा पनि व्यक्ति र पार्टीको तालमेलबाट बजेट आउने गरेकाले […]

विराटनगर, ९ फागुन। फागुन महिनाबाट ग्यास जनताले सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५०० मेट्रिक टन बढी ३० हजार मेट्रिक टन यस महिनाबाट आउन सुरु भएकाले अब ग्यासको अभाव नहुने बताउनुभएको हो । विगत पाँच वर्षदेखि २२ हजार […]

मुस्ताङ, ९ फागुन । दुई पर्यटकीय जिल्ला मुस्ताङ र कास्कीलाई जोड्न सिधा यातायात सञ्चालनको तयारी भएको छ । हवाई उडान सर्वसुलभ र भरपर्दो हुन नसकिरहेको अवस्थामा मुस्ताङ र पृथ्वीराजमार्ग बस व्यवसायी समितिबीच भएको संयुक्त बैठकले आगामी चैत १ गतेबाट जोमसोम–पोखरा सिधा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । त्यसका लागि धौलागिरि अञ्चल बस व्यवसायी समिति […]

चितवन, ९ फागुन । चितवनको भरतपुरमा बढी दुर्घटना हुने क्षेत्रमा चाल लेनको सडक निर्माण सुरु भएको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चार लेन सडक निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । भरतपुरको चौवीसकोठीदेखि नारायणगढसम्म सवारी चाप हुने भएकाले पनि सडक निर्माणलाई प्राथमिकता दिइएको हो । करिब एक किलोमिटर सडक ४ लेन […]

जापान।अर्थमन्त्री डा रामशरण महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक यसमा प्रयोग भएको प्रविधिको अवलोकन गर्नुभयो । सो सुरुङमार्ग ४.५ किलोमिटर लामो रहेको छ । जापानले यस्ता सुरुङमार्ग करिब १० हजारको संख्यामा निर्माण गरेको छ । नेपालको नागढुंगामा यस्तै सुरुङमार्ग निर्माण हुन लागेको र यहाँको भौगोलिक अवस्थिति मिल्दोजूल्दो भएकोले उहाँले तारुताउज सुरुङ सडकको अवलोकन गर्नुभएको हो […]

Page 1 of 8123Next ›Last »