advertisement
Send Us

प्रहरीको रोहबरमा ग्यास सिलिन्डर वितरण

Click Link to Send:
Click Link to Send:

 Gasम्याग्दी, १० फागुन । गत मङ्सिरदेखि खाना पकाउने एलपी ग्यास अभावको समस्या भोगिरहेका म्याग्दीवासीलाई आज एक हजार ४०० सिलिन्डर वितरण गरिएको छ ।

प्रहरीको रोहबरमा ग्यासको अधिकृत बिक्रेताले उपभोक्तालाई ग्यास वितरण गरेका हुन् । ग्राहकको विवरण टिपेर प्राथमिकताका आधारमा प्रहरीको रोहबरमा उपभोक्तालाई ग्यास वितरण गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यले जानकारी दिनुभयो ।

ग्यास बिक्रेतासमेत रहेका शाक्यले सदरमुकाम बेनीका ग्राहकका साथै सिंगा, तातोपानी र गलेश्वरका बिक्रेतामार्फत ४०० सिलिन्डर वितरण गरेको बताउनुभयो । उहाँका अनुसार आज बेनीमा भित्रिएको एक हजार ४०० गृहलक्ष्मी कम्पनीको ग्यास प्रहरीको रोहबरमा वितरण गरिएको हो ।

बेनीमा दैनिक १०० सिलिन्डर खाना पकाउने ग्यास खपत हुन्छ । नियमित ग्यास आपूर्ति नहुँदा एउटै ग्राहकले दुई तीनवटा सिलिन्डर राख्दा अभाव हुने गरेको ग्यास बिक्रेताहरुको भनाइ छ ।

Your Opinion

Opinion

advertisement
advertisement