advertisement
Send Us

कलबाइपासको अभियोगमा मोरङको कोसीहरैँचाबाट दुई पक्राउ

Click Link to Send:
Click Link to Send:

विराटनगर, १५ फागुन । कलबाइपास गरेको अभियोगमा आज मोरङको कोसीहरैँचाबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

खोटाङको अर्खौले–३ का देवराज बस्नेत र पाँचथरको वलने–३ का कविन भुजेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूले कोसीहरैँचा–१ मा एक घरको कोठा भाडामा लिइ जिएसएम ओभर इन्टरनेट प्रोटोकलमार्फत कल बाइपास गर्दै आइरहेका थिए ।

दुई वर्षअघि यस्तै घटनाको अभियोगमा देवराज बस्नेतमाथि मुद्दा चलाइएको थियो तर सुनसरीको इटहरीमा पक्राउ परेपछि रु ६० हजार धरौटीमा उनी रिहा भएका थिए ।

उनीहरूबाट कलवाइपासका लागि प्रयोग हुने उपकरणका साथै नेपाल टेलिकमका ३९६ थान सिम र एनसेलका चार थान सिम पनि बरामद भएका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement