advertisement
Send Us

अर्थमन्त्री डा महतद्वारा जापानमा सडक सुरुङ प्रविधिको अवलोकन

Click Link to Send:
Click Link to Send:

IMG_1764जापान।अर्थमन्त्री डा रामशरण महतले जापानको सिगुओकास्थित तारुताउज सुरुङ सडक यसमा प्रयोग भएको प्रविधिको अवलोकन गर्नुभयो । सो सुरुङमार्ग ४.५ किलोमिटर लामो रहेको छ । जापानले यस्ता सुरुङमार्ग करिब १० हजारको संख्यामा निर्माण गरेको छ । नेपालको नागढुंगामा यस्तै सुरुङमार्ग निर्माण हुन लागेको र यहाँको भौगोलिक अवस्थिति मिल्दोजूल्दो भएकोले उहाँले तारुताउज सुरुङ सडकको अवलोकन गर्नुभएको हो ।

नेपालको पूर्वाधार निर्माणलाई उच्च महत्व दिनुभएका अर्थमन्त्री डा महत नेपालको सडक विकासमा जापानी सुरुङ प्रविधि भित्र्याउन अध्ययनका लागि जापान पुग्नुभएको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाको निमन्त्रणामा जापान पुग्नुभएका अर्थमन्त्री डा महतले सुरुङ सडकको अवलोकन गरिसकेपछि वरिपरि गरिएको वातावरण तथा पर्यावरण संरक्षणको प्रशंसा गर्नुभयो ।

यसैबीच अर्थमन्त्री डा महत र जापानका अर्थराज्यमन्त्री इशु सुगावाराबीच भेटवार्ता भयो । सो अवसरमा अर्थमन्त्री डा महतले जापानले नेपाललाई विगत लामो समयदेखि उदारतापूर्वक गरेको सहयोगको सराहना गर्नुभयो । तनहुँ जलविद्युत आयोजनाका लागि जापानले गरेको सहयोगको लागि धन्यवाद दिदै उहाँले आयोजना निर्बाध सञ्चालनमा आउने र समयमै निर्माण कार्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । जापानले पूर्वाधार, स्वास्थ्य, कृषि, उर्जा, सडक लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ ।

भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपाल र जापानको भौगोलिक अवस्थिति उस्तै भएको चर्चा गर्दै जापानले प्रयोगमा ल्याएको सडक सुरुङ प्रविधि नेपालका लागि पनि प्रभावकारी हुने बताउनुभयो । जापानमा करिव ३० हजार नेपाली रहेको र उनीहरुले दुई मुलुकबीचको सम्वन्धलाई गाढा बनाउन ठूलो सहयोग पुर्याएको चर्चा गर्नुभयो ।

नेपालले संबिधान निर्माण र आर्थिक विकासलाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिदै अर्थमन्त्री डा महतले नेपालको पूर्वाधार निर्माण कार्यमा जापानको थप सहयोगको आशा गर्नुभयो । उहाँको भनाई थियो, आगामी सन २०२२ सम्ममा कम विकसितबाट विकासोन्मुख मुलुकहरुको स्तरमा पुग्ने लक्ष्य राखेको छ र यसका लागि पूर्वाधार लगायत अन्य क्षेत्रमा ठूलो लगानी आवश्यक छ । यसका लागि नेपालको एक असल शुभेच्छुक मुलुक भएकोले जापानबाट थप सहयोगको अपेक्षा गरिएको छ ।

अर्थराज्यमन्त्री सुगावाराले जापान र नेपालको धेरै लामो सम्वन्ध रहेको उल्लेख गर्दै नेपालको सडक निर्माणका क्रममा उच्चस्तरको सुरुङ सडक प्रविधि प्रयोग गरिने जानकारी दिनुभयो । बनेपा बर्दिबास सडक निर्माण पूरा भएकोमा बधाई दिदै सुगावाराले नेपालको विकासका लागि जापानले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement