advertisement
Send Us

फागुनबाट ३० हजार मेट्रिक टन ग्यास आउँछ – मन्त्री थापा

Click Link to Send:
Click Link to Send:

Cooking Gasविराटनगर, ९ फागुन। फागुन महिनाबाट ग्यास जनताले सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५०० मेट्रिक टन बढी ३० हजार मेट्रिक टन यस महिनाबाट आउन सुरु भएकाले अब ग्यासको अभाव नहुने बताउनुभएको हो ।

विगत पाँच वर्षदेखि २२ हजार मेट्रिक टन आउने गरेकामा विद्युत्भार कटौती र उद्योगहरुमा बढी प्रयोगलगायतका कारणले ग्यासको खपत बढेकाले भारत सरकारलाई अनुरोध गरी अब ३० हजार मेट्रिक टन ग्यास ल्याउन थालिएकाले समस्या नहुने मन्त्री थापाले जानकारी दिनुभयो ।

उहाँले यो महिनादेखि दैनिक सरदर एक हजार मेट्रिक टनका दरले आजको मितिसम्म भारतबाट १८ हजार मेट्रिक टन ग्यास आइसकेको पनि उल्लेख गर्नुभयो ।

ग्यासको वितरणलाई व्यवस्थित बनाउन अनुगमन समिति बनाएर कडाइका साथ अनुगमन गरिनेछ मन्त्री थापाले भन्नुभयो ।

फरक प्रसङ्गमा मन्त्री थापाले सरकार विपक्षीसँग सहमतिको प्रयासमा रहेको स्पष्ट गर्दै विपक्षीले गर्ने आन्दोलन कस्तो हुन्छ त्यहीअनुसार सरकार पनि प्रस्तुत हुने बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement