advertisement
Send Us

जोमसोम–पोखरा सिधा यातायात सञ्चालन गर्ने तयारी

Click Link to Send:
Click Link to Send:

busमुस्ताङ, ९ फागुन । दुई पर्यटकीय जिल्ला मुस्ताङ र कास्कीलाई जोड्न सिधा यातायात सञ्चालनको तयारी भएको छ ।

हवाई उडान सर्वसुलभ र भरपर्दो हुन नसकिरहेको अवस्थामा मुस्ताङ र पृथ्वीराजमार्ग बस व्यवसायी समितिबीच भएको संयुक्त बैठकले आगामी चैत १ गतेबाट जोमसोम–पोखरा सिधा यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्यसका लागि धौलागिरि अञ्चल बस व्यवसायी समिति र म्याग्दी जिप तथा बस व्यवसायी समितिसँग सहमतिका लागि छलफल गर्ने निर्णय भएको मुस्ताङ जिप तथा बस सञ्चालक समितिका अध्यक्ष जयन्द्रलाल थकालीले जानकारी दिनुभयो ।

बैठकले धौलागिरि र म्याग्दी समितिको सहमतिबिना सञ्चालन नगर्ने निर्णयसमेत गरेको छ । हाल जोमसोमदेखि बेनीसम्म मात्र मुस्ताङ र म्याग्दी समिति मातहतका सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।

सिधा यातायात सञ्चालन भए जिल्लामा आउने आन्तरिक र बाह्य पर्यटकलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । दुई समितिबीच सिधा यातायात सञ्चालनको पहल हुनु सकारात्मक भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीको भनाइ छ ।

Your Opinion

Opinion

advertisement
advertisement