advertisement
Send Us

बाटो निर्माण कार्य सुरु

Click Link to Send:
Click Link to Send:

भद्रपुर, १० फागुन । झापाको विर्तामोडदेखि चन्द्रगढीसम्मको १२ किमि बाटोको निर्माण कार्य सुरु भएको छ ।

कुल रु १० करोड लागतमा सात मिटर चौडाइ कालोपत्र सडक निर्माण गर्न लोहनी थोदुङ सिंह एण्ड ब्रदर्श कम्पनीले १८ महिनामा सम्पन्न गर्नेगरी ठेक्का लिएको कार्यालयका प्रमुख रामहरि पोखरेलले जानकारी दिनुभयो ।

निर्माण कम्पनीले सम्झौता गरेको अवधिमा छ महिना पार गरेर काम सुरु गरेकाले समयमै सम्पन्न हुने सम्भावना टरेको छ ।

बाटो निर्माण गर्न अहिले सो सडकमा डोजर, पिङलमार्फत आवश्यक काम सुरु भइरहेको छ भने पुरानो कल्भर्टलाई पनि चौडा पार्ने काम भइरहेको बताइएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement