advertisement
Send Us

दलीय भागबन्डाका कारण कर्णालीको पर्यटन विकास हुन सकेन

Click Link to Send:
Click Link to Send:

karnaliजुम्ला, १० फागुन । बर्सेनि कनिका छराइका रुपमा आउने बजेट तथा दलीय भागबन्डाका कारण कर्णाली क्षेत्रको पर्यटन विकास तथा त्यसको प्रवद्र्धन हुन नसकेको सम्बन्धित सरोकारवालाहरुले बताएका छन् ।

कर्णाली क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति जुम्लाद्वारा आयोजित कार्यक्रममा समितिका अध्यक्ष शिवराज शर्माले विगतदेखि एकद्वार प्रणालीबाट बजेट निकासा हुनेभन्दा पनि व्यक्ति र पार्टीको तालमेलबाट बजेट आउने गरेकाले कर्णालीको पर्यटन विकास हुन नसकेको बताउनुभयो ।

अध्यक्ष शर्माले भन्नुभयो, “प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक साथै देवको बासस्थान भएकाले धार्मिक दृष्टिले पनि कर्णाली परिचित छ । त्यसका साथै भनेअनुसार विकासले फड्को मारेको खण्डमा युरोपको स्विट्जरल्यान्डलाई कर्णालीले टप्ने थियो । दलीय भागबन्डाका कारण अहिले पनि समिति अपुरो रहेको उहाँको भनाइ छ ।

त्यसैगरी वरिष्ठ कार्यक्रम अधिकृत क्षेत्रबहादुर बुढथापाले विभिन्न अभिष्टबाट कनिका छराइले आएको योजनाबाट कुनै उपलब्धि नदेखिने र यसका लागि हरेकले व्यक्तिगत तथा राजनीतिक स्वार्थभन्दा माथि रहेर काम गर्न सुझाव दिँदै यसअघि पर्यटनको क्षेत्रमा पनि जिविसले काम गरेको जानकारी दिनुभयो ।

त्यसैगरी क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीलबहादुर महतले पाँच वर्षपछि नयाँ कार्य समितिले आशा पलाउने काम गराएको भन्दै समितिलाई राजनीतिक प्रतिनिधिभन्दा व्यवसायीको मत जित्न आग्रह गर्नुभएको थियो ।

कर्णालीका पाँचवटै जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा प्राकृतिक महत्व बोकेका पर्यटकीय क्षेत्रको विकास तथा तिनको प्रवद्र्धनमा होटल व्यवसायी सङ्घको ठूलो हातहुने र छलफलबाट पर्यटन सम्बन्धका गतिविधिमा टेवा पुगोस् भन्ने ध्येयले अन्तरक्रिया कार्यक्रम गरिएको पर्यटन विकास समिति जुम्लाका कार्यकारी निर्देशक दशरथ बुढाले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement