advertisement
Send Us

उपराष्ट्रपति झा – भवन उद्घाटन तथा अभिभावक दिवस

Click Link to Send:
Click Link to Send:

paramananda-jhaपोखरा, २४ माघ । उपराष्ट्रपति परमानन्द झाले युवा–युवती देश छोडेर कामका लागि बिदेसिनुले मुलुकका लागि भयावह समस्याको स्थिति उत्पन्न गराएको बताउनुभएको छ ।

पोखरा उपमहानगरपालिका–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माध्यमिक विद्यालयको १५ औँ अभिभावक दिवस तथा नवनिर्मित भवको उद्घाटन गर्दै उहाँले नेपालीले अहिले छोराछारी विदेशका लागि जन्माइदिने हो कि जस्तो अवस्था देखा परेको धारणा राख्नुभयो ।

सरकारीस्तरबाट सञ्चालन भएका विद्यालयको पढाई असाध्यै कमजोरीको स्थितिमा हुने गर्दा अभिभावकको निजीस्तरबाट सञ्चालन भएका विद्यालयप्रति आकर्षण बढेको विचार व्यक्त गर्दै उपराष्ट्रपति झाले सरकारी विद्यालयमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति झाले भन्नुभयो, ‘‘अहिले गाउँगाउँमा गयौँ भने युवायुवती देख्न पाइदैँन, वृद्धवृद्धाले मात्र घर कुरेर बसेको देख्न पाइन्छ भन्दै यस्ता निजी क्षेत्रमा खुलेका शैक्षिक संस्थाले विदेशमा पनि उच्चस्तरको रोजगारी पाउनसक्ने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निभाउनु पर्दछ ।’’

उपराष्ट्रपति झाले सोही समारोहमा वरिष्ठ कलाकार तुल्सी घिमिरे र गायिका हरिदेवी कोइरालालाई रु १० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

विद्यालयमा १० वर्षभन्दा बढी सेवा गर्ने शिक्षक, शिक्षिकालाई पनि दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रामबहादुर मोचीले २०५५ सालमा नर्सरीबाट खुलेको सो विद्यालयमा हाल एक हजार ७०० विद्यार्थी, १३० जना शिक्षक, शिक्षिका र कर्मचारी अध्ययन र अध्यापनमा संलग्न भएको जानकारी गराउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement