advertisement
Send Us

विद्युत तार सार्ने क्रममा घुस लिनेविरुद्ध आरोपपत्र

Click Link to Send:
Click Link to Send:

CIAAकाठमाडौँ, २३ माघ । विद्युतको तार सार्ने काममा सेवाग्राहीसँग घुस लिई पक्राउ परेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी कृष्णबहादुर सापकोटा र बिचौलियाको काम गरेका विष्णुलाल श्रेष्ठविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

प्राधिकरणको महाराजगन्ज वितरण केन्द्रका इलेक्ट्रिकल हेल्पर सापकोटाले बिचौलिया श्रेष्ठमार्फत काठमाडौँको म्हेपीमा बिद्युत्को तार सार्ने कामका लागि सेवाग्राहीसँग रु ६५ हजार घुस लिएको अवस्थामा केही दिनअघि पक्राउ परेका थिए ।

निजहरुको अनुसन्धान क्रममा कसुर गरेको पुष्टि भएकाले दुवैलाई रु ६५ हजार बिगो कायम गरी मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement