advertisement
Send Us

सरकारले विश्वासको वातावरण बनाए वार्तामा बस्न तयार : अध्यक्ष दाहाल

Click Link to Send:
Click Link to Send:

prachandaलहान, २५ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्षबाट सहमतिकै आधारमा संविधान निर्माण गर्ने विश्वासिलो वातावरण बनाए आफूहरु वार्तामा बस्न तयार रहेको बताउनुभएको छ ।

जिल्लाको विकास निर्माण योजनाबारे सिरहाका कार्यालय प्रमुखहरुसँग छलफल गर्न सिरहा सदरमुकाम आइपुग्नुभएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै भन्नुभयो – “हामी वार्तामा जाँदैनौँ भनेका छैनौँ, वार्ताको वातावरण बने हामी वार्तामा बस्न तयार छौँ ।”

सहमतिकै आधारमा संविधान बनाउँछौँ भनेर सरकारको तर्फबाट प्रधानमन्त्रीले वक्तव्यमार्फत भन्नुप¥यो वा सरकारको तर्फबाट त्यो आधारमा पत्र काटेमा वार्ताको वातावरण बन्ने उहाँको कथन थियो ।

विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानको भावना विपरीत संविधानसभामा बहुमतीय प्रक्रिया सुरु गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुहुँदै अध्यक्ष दाहालले सत्तापक्षले बहुमतीय प्रक्रियालाई रोकेर सहमतिबाटै संविधान निर्माणको विश्वासिलो वातावरण नबनाए मुलुक द्वन्द्वमा फस्न सक्ने धारणा राख्नु भयो ।

राजनीतिक दलहरुबीच केही मतमतान्तरहरु भए पनि अन्तिममा सहमतिमा पुग्ने नेपाली राजनीतिको विगतको परम्परा नै देखिएको उल्लेख गर्नुहुँदै उहाँले वर्तमान गतिरोध पनि सहमतिबाटै टुङ्गिने दाबी गर्नुभयो ।

एक अर्काे प्रसङ्गमा अध्यक्ष दाहालले राजनीतिक रुपमा दलहरुबीच मतमतान्तर बढे पनि विकास निर्माणमा दलहरु एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफू सिरहाको क्षेत्र नं ५ बाट निर्वाचित भएपछि सिरहाको समग्र विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग पहल थालेको बताउदै उहाँले वर्तमान सरकारले अङ्कगणितीय आधारमा जबर्जस्ती संविधान जारी गरे त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने छ भन्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement