advertisement
Send Us

पशुपति वनकालीस्थित हंशमण्डपमा १०१ जोडीको सामूहिक विवाह

Click Link to Send:
Click Link to Send:

Bride Kisses Groomकाठमाडौँ, २५ माघ । शिवशक्ति राहुलेश्वरानन्द फाउन्डेसनले पशुपति वनकालीस्थित हंशमण्डपमा १०१ जोडीको आज सामूहिक विवाह गराएको छ ।

विभिन्न जाति समुदायका युवा तथा युवतीको वैदिक सनातन संस्कृतिअनुसार प्रथमपटक यस्तो सामूहिक विवाह भएको हो ।

उक्त कार्यक्रममा सहभागी बरबधुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अविवाहित भएको प्रमाणित पत्र तथा अभिभावकको सहमति सो फाउन्डेसनलाई बुझाएपछि वैवाहिक समारोहलाई आवश्यक पर्ने सम्पूर्ण खर्चको व्यवस्था फाउन्डेसनले व्यवस्था गरेको थियो ।

कार्यक्रममा सहभागी हुने बरबधुले आफ्नो जीवनसाथीको खोजी भने आफैँले गरी समारोहमा सहभागी भएका थिए । सो स्थानमा १०१ जग्गे बनाइएका थिए भने प्रत्येक जोडीलाई रु पाँच लाख बराबरका सामग्री उपलब्ध गराइएको थियो ।

फाउन्डेसनका संरक्षक परमपुज्य सद्गुरु राहुलेश्वरानन्दले विवाहित दम्पत्तीलाई आशिर्वचन दिँदै एक अर्काप्रति समर्पित रही समाजको समुन्नतिमा लाग्न अभिप्रेरित गर्नुभयो ।

उहाँले आर्थिक अवस्था कमजोर भई विवाह गर्न नसकेका जोडीलाई सहयोग गरी सनातन हिन्दू धर्म तथा संस्कृतिको संरक्षणका लागि सो कार्यक्रम नेपालमा पहिलोपटक गरिएको बताउनुभयो । गुरु भारतको मुम्बईबाट सो समारोहमा प्रमुख अतिथिकारुपमा भाग लिन आउनुभएको हो ।

उक्त कार्यक्रमलाई सफल बनाउन शिवसेना नेपालका करिव एक हजार कार्यकर्ताले स्वयम्सेवकको कार्य गरेका थिए ।

समाजसेवी श्यामा केसी तथा कौशिला अधिकारीले सो कार्यक्रमले सामाजिक सद्भाव राम्रो कायम गर्ने भन्दै वैदिक दर्शनको हिन्दू परम्परा र प्राचीन मूल्य तथा मान्यतालाई स्थापित गराउने बताउनुभयो ।

त्यस्तै, कार्यक्रम हेर्न आउनुभएकी राजकुमारी राई र शान्ति श्रेष्ठले आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उद्देश्यले गरिएको सो कार्यक्रम निकै रमाइलो लागेको र यस्ता कार्यलाई अन्य जिल्लामा पनि पुर्‍याउन सकेमा जातीय विभेदको अन्त्य भई विविध समुदायकाबीच भ्रातृत्व कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा १०८ ब्राम्हणको व्यवस्था गरिएको थियो भने पञ्चैबाजा बजाएर निकै रमाइलो वातावरण सिर्जना गरिएको थियो । त्यस्तै, ठूलो भोजभतेरको व्यवस्था गरी सहभागी तथा दर्शकलगायतलाई भोज दिइएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement