advertisement
Send Us

काठमाडौँ, २० माघ । त्रिभुवन विश्वविद्यालयले काठमाडौँ उपत्यकाका क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकार पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ । यसै वर्षदेखि उपत्यकाका सम्बन्धनप्राप्त कलेजबाट सेमेस्टर प्रणालीमा शिक्षण गराउने तयारी गरेको विश्वविद्यालयले विद्यार्थी सङ्गठनको असहमतिका कारण हाललाई स्थगन गरी कार्यदल गठन गरी सुझाव लिने तयारी गरेको हो […]

काठमाडौँ, २० माघ । ब्रेन ट्युमरको उपचारका क्रममा हाल भारतको नयाँदिल्लीमा रहनुभएका नेपाल प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको उपचार सहयोगका लागि आज एकैदिन रु एक लाख ७६ हजार रकम सङ्कलन भएको छ । पत्रकार क्षेत्रीको उपचारका लागि युनियनले संस्थागत रुपमा सञ्चालन गरेको अभियानअन्तर्गत आज एक कार्यक्रमका बीच सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालमार्फत नेपाली […]

भीमदत्तनगर, २० माघ । महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका झन्डै एकदर्जनभन्दा बढी गाविसका स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । लामो समयदेखि सो क्षेत्रमा पुल नहूँदा दिनहुँ महाकाली नदीबाट आवतजावत गर्न समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ । उनीहरुले दैनिक उपभोग्य सामग्री ल्याउन भारतका विभिन्न ठाउँमा महाकाली नदी तरेर जानुपर्ने बाध्यता छ । पुल […]

वीरगन्ज (पर्सा), १९ माघ । पर्साको ठोरीमा जङ्गली हात्तीले फेरि उपद्रो मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलबाट गएराति गाउँमा छिरेको जङ्गली हात्तीले ठोरी गाविस–९ इच्छानगरमा दुईवटा घर भत्काउनुका साथै गहुँबाली पनि नष्ट पारेको छ । जङ्गली हात्तीले इच्छानगरका रामशरण सुवेदी र लालबहादुर तामाङको घर भत्काएको हो । यस्तै हात्तीले स्थानीय किशोर खनालको १० कट्ठाको […]

भीमदत्तनगर, १९ माघ । भारतीय सिमानासँग जोडिएका आरक्ष तथा वन जङ्गलमा रहेका वन्यजन्तु संरक्षण र चोरी सिकारी नियन्त्रण गर्न नेपाल–भारतका आरक्ष र वन अधिकारीबीच संयुक्त गस्ती गर्ने सहमति भएको छ । केही दिनयता कञ्चनपुरका विभिन्न सीमावर्ती क्षेत्रबाट बाघका छाला र हड्डीसहित भारतीय नागरिक पक्राउ परेपछि वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका लागि भारतीय पक्ष चिन्तित बनेको थियो […]

गोरखाबजार, १९ माघ । गोरखा जिल्लाको ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव भएको छ । हिउँद लागेसँगै बर्सेनि खानेपानी अभाव हुँदै आएको दरबारका कर्मचारीले जनाएका छन् । स्थानीय धाराबाट लिफ्ट गरेर ल्याएको पानीले दरबारको नियमित सरसफाइ गर्न पनि नपुगेपछि भक्तजनले खानेपानी नपाएको दरबारका कर्मचारी बताउँछन् । “दरबारमा खानेपानीको दीर्घकालीन समस्या छ” दरबार हेरचाह अड्डाका प्रमुख गणेश […]

भक्तपुर, १८ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकासशरण महतले सत्ता प्राप्तिका लागि विपक्षी दलले संविधान बन्न नदिएको आरोप लगाउनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले काँग्रेस नेतृत्व सरकारलाई संविधान जारी गर्न नदिई सत्ता प्राप्तिको खेल बनाएको बताउनुभयो । एमाओवादी मोर्चाको आन्दोलन सत्ता प्राप्तिकै लागि भएको बताउँदै उहाँले संविधानको […]

काठमाडौँ, १८ माघ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले ठूला भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र आज बुझाएको छ । नारा, जुलुससहित गएको माओवादी टोलीलाई आयोगको कार्यालयभन्दा वरै प्रहरीले रोकेको थियो । प्रहरीले जुलुसलाई रोकेपछि माओवादीका उपत्यका संयोजक ईश्वरी दाहालसहित तीनजनाको टोली आयोगको कार्यालयमा गएर ज्ञापनपत्र दर्ता गराएर फर्किएको थियो । ज्ञापनपत्रमा […]

काठमाडौँ, १६ माघ । उपराष्ट्रपति परमानन्द झाले सहमतिका आधारमा संविधान बनेमात्र सहिदको सम्मान हुने बताउनुभएको छ । सहिद दिवसका अवसरमा ‘राष्ट्रिय सहिद तथा शान्तिपार्क स्मारक समिति’ले गोकर्णमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति झाले उक्त कुरा बताउनुभएको हो । जनताको अधिकार र समाज परिवर्तनका लागि लडेका वीर योद्धाको कदर र सम्मान हुनुपर्छ, उहाँले भन्नुभयो । नेपाली […]

हुम्ला, १६ माघ । नेपाल खाद्य संस्थान शाखा हुम्लाले तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेता पनि गोदाममा मौज्दात सकिएकाले जिल्लामा फेरि खाद्यान्न सङ्कट हुनथालेको छ । हुम्ला जिल्लाको आर्थिक वर्ष २०७१-०७२ मा कोटा १० हजार ९०० क्विन्टल स्वीकृत भएपनि पुस २ गतेदेखि हालसम्म दुई हजार क्विन्टल चामल र गहुँ मात्र संस्थानले वितरण गरेको छ । […]