advertisement
Send Us

ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव

Click Link to Send:
Click Link to Send:

gorkha-darbarगोरखाबजार, १९ माघ । गोरखा जिल्लाको ऐतिहासिक गोरखा दरबारमा खानेपानीको अभाव भएको छ ।

हिउँद लागेसँगै बर्सेनि खानेपानी अभाव हुँदै आएको दरबारका कर्मचारीले जनाएका छन् । स्थानीय धाराबाट लिफ्ट गरेर ल्याएको पानीले दरबारको नियमित सरसफाइ गर्न पनि नपुगेपछि भक्तजनले खानेपानी नपाएको दरबारका कर्मचारी बताउँछन् ।

“दरबारमा खानेपानीको दीर्घकालीन समस्या छ” दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले भन्नुभयो, “कहिलेकाहीँमात्रै धारामा पानी आउनाले झन् समस्या बढायो ।” दरबारसँगै रहेको कालिका मन्दिर, गोरखनाथ गुफामा पनि पानी नहुँदा समस्या भएको छ । लिफ्ट गरी ल्याएको पानी एउटा ड्रम भरिन पनि रातभरजस्तो लाग्ने भए पनि खानेपानी समस्या खेप्नुपरेको दरबार हेरचाह अड्डाका कर्मचारीले जानकारी दिएका छन् ।

दरबारमा दिनहुँ लिपपोतदेखि रोट पोल्ने पिठो मुछ्न पानीको आवश्यकता पर्छ । त्यस्तै, दरबारमा दिनहुँ ५०० देखि तीन हजारसम्म भक्तजन पूजाअर्चनाका लागि आउने गरेका छन् । भक्तजन धेरै आएका दिन खानेपानीको समस्या पर्ने गरेको दरबार हेरचाह अड्डाका प्रमुख भट्टराईको भनाइ छ ।

त्यसैगरी दरबार सुरक्षाका लागि बसेका नेपानी सेनाको क्याम्पमा पनि पानीको समस्या छ । दरबार नजिकैको डाँडामा बस्दै आएका सेना खानेपानी लिन दिनहुँ आधा घन्टा पैदल हिँडेर खानेपानी बोकेर ल्याउने गरेका छन् । ड्रममा पानी भरेर उकालो बाटो ल्याउनुपर्दा सेनालाई पनि समस्या भएको छ ।

जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले नेपाली सेना र दरबारमा खानेपानी सुविधा ल्याउनका लागि रु २५ लाखको लगानीमा आयोजना निर्माण अघि बढाएको जनाएको छ ।

कार्यालयका इञ्जिनियर इन्द्रप्रताप बोहराले भन्नुभयो, “दरबारमा खानेपानी छेलोखेलो हुने गरी आयोजना अघि बढेको छ ।” दरबारमाथिको कोटमा ट्याङ्की निर्माण गरेर नेपाली सेनाको क्याम्पमा पनि खानेपानी सुविधा पु¥याउने तयारी रहेको उहाँको भनाइ छ ।

Your Opinion

Opinion

advertisement
advertisement