advertisement
Send Us

विपक्षीले संविधान बन्न दिएनन्–नेता महत

Click Link to Send:
Click Link to Send:

prakash-sharan-mahatभक्तपुर, १८ माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकासशरण महतले सत्ता प्राप्तिका लागि विपक्षी दलले संविधान बन्न नदिएको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले काँग्रेस नेतृत्व सरकारलाई संविधान जारी गर्न नदिई सत्ता प्राप्तिको खेल बनाएको बताउनुभयो ।

एमाओवादी मोर्चाको आन्दोलन सत्ता प्राप्तिकै लागि भएको बताउँदै उहाँले संविधानको बाधक एमाओवादी नेतृत्व मोर्चा नै रहेको आरोप लगाउनुभयो ।

संविधानसभा प्रक्रियामा गइसकेकाले नेपाली जनताको भावनाअनुरुप छिटै संविधान जारी हुने दाबीसमेत गर्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement