advertisement
Send Us

महाकालीमा पुल नहुँदा सास्ती

Click Link to Send:
Click Link to Send:

mahakaliभीमदत्तनगर, २० माघ । महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका झन्डै एकदर्जनभन्दा बढी गाविसका स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।

लामो समयदेखि सो क्षेत्रमा पुल नहूँदा दिनहुँ महाकाली नदीबाट आवतजावत गर्न समस्या हुने गरेको स्थानीयवासीको गुनासो छ ।

उनीहरुले दैनिक उपभोग्य सामग्री ल्याउन भारतका विभिन्न ठाउँमा महाकाली नदी तरेर जानुपर्ने बाध्यता छ ।

पुल निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि कसैले ध्यान नदिएको स्थानीय वीरेन्द्र जोशीले बताउनुभयो ।

यस्तै दशरथचन्द नगरपालिका र ग्वाल्लेक गाविस जोड्ने नीलगढ खोलामाथि राखिएको पुलसमेत जीर्ण हँुदा स्थानीयवासीलाई समस्या भएको छ । ग्वाल्लेक गाविसका नागरिकले जिल्ला सदरमुकाम तथा झुलाघाट जाने मुख्य बाटोमा रहेको पुल जीर्ण भएपछि उनीहरुलाई समस्या भएको हो ।

दशरथ चन्द नगरपालिका र ग्वाल्लेक गाविसको सिमानामा पर्ने पुल दुवै क्षेत्रका स्थानीयवासीले प्रयोग गर्ने भएकाले तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement