advertisement
Send Us

चितवनमा स्वाइनफ्लूप्रति सतर्कता

Click Link to Send:
Click Link to Send:

चितवन, ११ फागुन । चितवन जिल्ला भारतसँग जोडिएकाले त्यहाँ फैलिएको स्वाइनफ्लूको प्रकोप यता आउन सक्ने भन्दै सतर्कता अपनाउन थालिएको छ ।

यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि प्रकोप तीव्र गतिमा बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । भारत सिमाना जोडिएकाले बढी स्वाइनफ्लु सर्न सक्ने सम्भावना रहेकाले पनि यहाँ थप सतर्कता अपनाउन थालिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

स्वाइनफ्लू भित्रिहालेको खण्डमा उपचारात्मक प्रक्रियाहरु तयारी अवस्थामा राखिएको जनस्वास्थ्यका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले बताउनुभयो । स्वाइनफ्लु आइहाले वा कसैमा देखिइहाले उसलाई राख्न पाँच श्ययाको विशेष आइसोलेसन वार्ड भरतपुर अस्पतालमा स्थापना गरिएको केसीले जानकारी दिनुभयो ।

रोग आउनुपूर्व नै पूर्वतयारीका कामहरु गरिएको बताउँदै केसीले रोगविरुद्ध दिइने भ्याक्सिन तथा औषधिहरु तयारी अवस्थामा राख्ने काम सुरु गरेको बताउनुभयो । भरतपुर अस्पताललाई सुरक्षा किट २० थान, मुखमा लगाउने माक्स २० थान तथा रोग प्रतिरोधी औषधि ट्याम्मीफ्लू २०० थान प्रदान गरिएको जनाइएको छ ।

रोग भित्रनुअघि नै जिल्लाका स्वयम्सेवी, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी तथा महिला स्वयम्सेविकालाई पूनः अभिमुखीकरण तालिम प्रदान गर्ने तयारी भइरहेको जनस्वास्थय कार्यालयले जनाएको छ ।

स्वाइनफ्लू सङ्क्रमणका कारण भारतमा ७०० भन्दा बढीको मृत्यु भइसकेको छ । रुघाखोकी, घाँटी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु आदि स्वाइनफ्लूका लक्षण हुन् । श्वासप्रश्वासबाट सर्ने भएकाले यो रोग लागिसकेपछि एकअर्कासँग नजिक हुने, हात मिलाउने, कुरा गर्ने कार्यहरु गर्दा सावधानी अपनाउनुपर्छ ।

Your Opinion

Opinion

advertisement
advertisement