advertisement
Send Us

कार्यालय प्रमुखको लापरबाहीका कारण चार सय बढी मुद्दाको चाँङ

Click Link to Send:
Click Link to Send:

गौशाला, ११ फागुन । कार्यालय प्रमुखको लापरबाहीका कारण मालपोत कार्यालय महोत्तरीमा ४०० भन्दा बढी मुद्दा लामो समयदेखि थन्किएर बसेको छ ।

गुठी संस्थानको नामसारी, मोही नामसारी, हकसाफी मुद्दाअन्तर्गतको जग्गासम्बन्धी लेनदेनलगायत गम्भीर प्रकृतिका मुद्दा लामो समयदेखि थन्किएको जिल्ला मालपोत कार्यालय महोत्तरीले जनाएको छ ।

सो कार्यालयका अनुसार हकसाफी नौ र छुट जग्गासम्बन्धी ४०० मुद्दा थन्किएको छ । २०७१ साल वैशाख २५ गते प्रमुख मालपोत अधिकृतका रुपमा सरुवा भई आएका चिरिञ्जीवी सापकोटा मालपोत कार्यालयको प्रमुखको जिम्मेवारी सम्हाले देखि ६० दिन मात्र कार्यालयमा बसेको अभिलेख रहेको छ ।

घर बिदा, प्रशासनिक काम बताउँदै प्रमुख सापकोटाले अधिकांश समय महोत्तरीबाहिरै बिताउने गरेका छन् । १० महिनामा उनले नियमित रुपमा ३० दिन पनि कार्यालय नआएको कार्यालय स्रोत बताउँछन् । गत माघ १३ गते न्यायिक क्षमता विकासका लागि उनी राजधानी काठमाडौँ फर्केका छन् ।

वरिष्ठ मालपोत अधिकृत नरहेकाले महत्वपूर्ण निर्णय हुन सकेको छैन । निमित्त प्रमुख सुरेशकुमार कर्णलाई महत्वपूर्ण निर्णय गर्ने अधिकार नरहेकाले लामो समयदेखि यस्ता मुद्दाहरु थन्किएको छ । कार्यालयप्रमुखसहित ३८ जनाको दरबन्दी रहेको मालपोत कार्यालय अहिले २० जनाको भरमा सञ्चालन भइरहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement