advertisement
Send Us

हिउँ चितुवा संरक्षणमा दुर्गमका गाउँले परिचालन

Click Link to Send:
Click Link to Send:

गोरखाबजार, १०फागुन । लोपोन्मुख हिमाली जनावर हिउँ चितुवा संरक्षणका लागि गोरखाको उत्तरी गाविसका गाउँलेलाई परिचालन गरिने भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले छेकम्पार, चुम्चेत र सामागाउँका स्थानीय बासिन्दालाई सचेत बनाएर हिउँ चितुवा संरक्षण अभियानमा परिचालन गर्ने तयारी गरेको हो ।

छेकम्पार, चुम्चेत र सामागाउँको माथिल्लो क्षेत्रमा हिउँ चितुवाको बासस्थान छ । “हिउँ चितुवा संरक्षणमा गाउँलेलाई परिचालन गर्ने हाम्रो तयारी छ”, एमक्यापका प्रमुख राजकुमार गुरुङले भन्नुभयोे, “पहिले गाउँलेलाई सचेतना कार्यक्रममा सहभागी गराउँछाँै । त्यसपछि संरक्षण अभियानमा परिचालन गरिन्छ ।” एमक्यापले उत्तरी दुर्गम गाउँमा बसोवास गर्दै आएका स्थानीय बासिन्दालाई यसअघि लोपोन्मुख पक्षी डाँफे संरक्षणमा परिचालन गरेको थियो ।

आयोजनाले सन् २०१२ र २०१३ मा गरेको अध्ययनअनुसार उत्तरी गोरखाको छेकम्पार र सामागाउँ गाविसमा सातवटा हिउँ चितुवा फेला पारेका थिए । त्यसमध्ये पाँचवटा भाले र दुईवटा पोथी हिउँ चितुवा भेटिएको एमक्यापको प्रतिवेदनमा उल्लेख छ ।

उत्तरी गाविसमा बसोवास गर्दै आएका स्थानीय बासिन्दा ‘पशुपक्षीको काटमार गर्दैनन् । मासु खाँदैनन् ।” गुरुङले भन्नुभयोे, “त्यसैले संरक्षण अभियानमा लगाउँदैछौँ ।” मनास्लु पदमार्ग भएर लार्केपासका लागि गएका पर्यटकलाई लोपोन्मुख पशुपक्षी तथा जनावर सिकार गर्न नदिन गाउँले परिचालन गर्न लागिएको एमक्यापले जनाएको छ ।

सरकारले उत्तरी सात गाविसको संरक्षणका लागि एमक्यापलाई जिम्मा दिएको छ । साथै एमक्यापले हिउँ चितुवाले गाउँलेले पालेको घरपालुवा जनावरलाई क्षति पु¥याए राहत दिने तयारी गरेको छ ।

युएस फिस वाइल्ड लाइफ सर्भिस नामक संस्थाको रु २५ लाख आर्थिक सहयोगमा हिउँ चितुवा अभियान सुरु गर्न लागिएको जानकारी गुरुङले दिनुभयो ।

गोरखाको उत्तरी क्षेत्रको चार हजार २०० मिटरभन्दा माथिको उचाइमा हिउँ चितुवाको बसोवास रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ संशोधनसहित (२०४९) ले हिउँ चितुवालाई सङ्कटापन्न र संरक्षित जनावर भनेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement