advertisement
Send Us

काठमाडौँको वसन्तपुरमा एसिड आक्रमणबाट दुई किशोरी घाइते

Click Link to Send:
Click Link to Send:

Acid Attackकाठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिका–२७ वसन्तपुरमा आज अज्ञात व्यक्तिले एसिड आक्रमण गर्दा दुईजना किशोरी घाइते भएका छन् ।

वसन्तपुरको झाँछेस्थित ए माइनस प्लस ट्युसन सेन्टरभित्र बसिरहेको अवस्थामा उनीहरुलाई अपरिचित व्यक्तिले एसिड प्रहार गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणबाट रामेछाप खनियाँपानी­८ घर भई वसन्तपुर बस्ने १६ वर्षीया सङ्गीता मगर र रौतहट पौराही­१ घर भई सोही स्थानमा बसोबास गर्दै आएकी १५ वर्षीया सीमा बस्नेत घाइते भएका छन् ।

आक्रमणमा सुश्री मगरको छाती, पेट र खुट्टा पोलेको र बस्नेतको अनुहार जलेको छ । मगरको वीर अस्पताल र बस्नेतको सिनामङ्गलस्थित काठमाडौँ शिक्षण अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारीको व्यापक खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement