advertisement
Send Us

पत्रकार कुट्नेलाई कारबाहीस्वरुप सरुवा

Click Link to Send:
Click Link to Send:

मोरङ, १० फागुन । विराटनगरका पत्रकार ब्रह्मदेव यादवमाथि बन्धक बनाई निर्घात कुटपिट गर्ने सुनसरी मोरङ सिँचाइ योजनाका डिभिजन इन्जिनियर तारा पौडेललाई कारबाहीस्वरुप सरुवा गरिएको छ ।

डेढ वर्षअघि पूर्वाञ्चल सिँचाइ कार्यालयबाट काज सरुवामा आउनुभएका पौडेललाई कारबाहीस्वरुप पुनः पूर्वाञ्चल सिँचाइमा सरुवा गरिएको छ । पौडेलले इन्जिनियर प्रेमचन्द्र झा, केदार तिवारी र भान्से सुधिर चौधरीको सहयोग लिएर आफूविरुद्ध पत्रकार यादवले भ्रष्टाचारको आरोप लगाउँदै समाचार लेखेको विषयलाई लिएर गत पुस ९ गते कार्यालयमा बोलाएर कुटपिट गरेका थिए ।

कुट्न सहयोग गर्ने झा र तिवारीको समेत सरुवाको तयारी भइरहेको कार्यालयले जनाएको छ । पत्रकार यादवले स्थानीय एक साप्ताहिकमा सुनसरी मोरङ सिँचाइ योजनामा भएको भ्रष्टाचारको विषयमा समाचार सम्प्रेषण गर्नुभएको थियो

Your Opinion

Opinion

advertisement
advertisement