advertisement
Send Us

वार्ताका माध्यमबाट सहमति हुनेमा भारत विश्वस्त

Click Link to Send:
Click Link to Send:

india-flagकाठमाडौँ, १३ फागुन । भारतले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक गतिरोध वार्ताको माध्यमबाट सहमतिमा टुङ्गिने विश्वास व्यक्त गरेको छ ।

नेपालको राजनीतिक अस्थिरताबारे भारतका विदेश राज्यमन्त्रीले आज त्यहाँको संसद्मा मन्तव्य राख्दै राजनीतिक दलहरूबीचको सहमतिमा नै समस्याको समाधान निस्कनेमा भारत आशावादी रहेको बताउनुभयो ।

“छिमेकसँगको सहकार्यात्मक भविष्यमा भारत विश्वास गर्छ, प्रजातान्त्रिक, स्थिर एवम् समृद्ध नेपाल हाम्रो पारस्परिक हितमा छ, नेपालले चयन गर्ने राजनीतिक पद्धति उसको आन्तरिक विषय हो,” उहाँले भन्नुभयो – नेपालसँगको भारतको सम्बन्ध वैविध्यपूर्णतामा आधारित छ ।

सङ्क्रमणबाट गुज्रिरहेको नेपाललाई भारतको भौतिक एवम् नैतिक समर्थन रहेको बताउँदै उहाँले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई टुङ्ग्याउन राजनीतिक दलहरूबीच सहकार्य हुने अपेक्षा आफ्नो मुलुकले गरेको उल्लेख पनि गर्नुभयो ।

सम्बोधनका क्रममा भारतीय विदेश राज्यमन्त्रीले विगतका समझदारीका साथै निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै संविधान बनोस् भन्ने भारतको चाहना प्रष्ट गर्नुभएको यहाँस्थित भारतीय राजदूतावासले उपलब्ध गराएको राज्यमन्त्रीको वक्तव्य विवरणमा उल्लेख छ ।

Your Opinion

Opinion

advertisement
advertisement