advertisement
Send Us

औद्योगिक क्षेत्रको सिन्डिकेट हटाउन निर्देशन

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । उद्योगमन्त्री महेश बस्नेतले औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न अनुमति दिँदा मिलेमतो हुने कार्य हटाउन निर्देशन दिनुभएको छ ।

बालाजु औद्योगिक क्षेत्रको स्थलगत अवलोकनका क्रममा आज आयोजित कार्यक्रममा उहाँले औद्योगिक क्षेत्रभित्र वास्तविक उद्योगीले मात्र उद्योग सञ्चालन गर्न पाउनुपर्ने र भाडा दरलाई वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योगमन्त्री बस्नेतले भन्नुभयो, “यस क्षेत्रभित्र जग्गा दलाल छन् भन्ने सुन्नमा आएको छ, कसैले अवैधाधिक रुपमा जग्गा ओगटेर बसेको छ भने हटाऔँ, मन्त्रालय त्यसमा सहयोग गर्छ ।”

एक प्रसङ्गमा उहाँले भन्नुभयो–“राज्यको दायित्व उद्योग व्यवसायलाई वृद्धि तथा विस्तार गरेर आयकर बढाउने हो, कर बढाउने होइन ।”

सो अवसरमा उद्योग सचिव उत्तमकुमार भट्टराईले औद्योगिक क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने कार्यक्रमलाई ल्याउन आग्रह गर्नुभयोे ।

Your Opinion

Opinion

advertisement
advertisement