advertisement
Send Us

इँटाको मूल्य घट्यो

Click Link to Send:
Click Link to Send:

विराटनगर, २३ पुस । मोरङका इँटा व्यवसायीले प्रतिहजार इँटाको मूल्य रु १७ हजार ५०० निर्धारण गरेका छन् ।

यसअघि इँटा व्यवसायीले इँटाको मूल्य प्रतिहजार रु १८ हजार ५०० कायम गरेकामा चौतर्फी रुपमा दबाब परेपछि सो मूल्य कायम गरिएको हो ।

इँटा व्यवसायीले एक विज्ञप्ति जारी गरी निर्धारित मूल्य विराटनगर उपमहानगरपालिकाका साथै सो वरिपरिको क्षेत्रका लागि कायम गरिएको जानकारी गराएका छन् ।

विगत तीन वर्षदेखि आयातित कोइलाको मूल्यमा वृद्धिलगायतका कारण यसअघि इँटाको मूल्यमा वृद्धि गरिएको थियो । आपूmहरु पनि समाजको अङ्ग भएकाले सामाजिक दायित्व बुझेर मूल्य घटाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement