advertisement
Send Us

ग्यास आपूर्ति बढाउन माग

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २२ पुस । विभिन्न अधिकारकर्मी तथा व्यवसायीले बजारमा ग्यासको अभाव न्यूनीकरण गर्न आपूर्तिलाई बढाउन माग गरेका छन् ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा उनीहरुले बजारको मागअनुसार अहिले ग्यास आपूर्ति नहुँदा उपभोक्ता समस्यामा परेकाले ग्यासको परिमाणलाई छिट्टै बढाउन आग्रह गरेका हुन् ।

अधिकारकर्मी प्रेमलाल महर्जनले गत वर्षको यही समयमा पनि भारतको बरौनी डिपो मर्मत गरिएको भए पनि ग्यासको अभाव नरहेको भन्दै अहिले नेपाल आयल निगमले समयमै विकल्प नखोजेको र केही काला बजारीले पनि कृत्रिम अभाव सिर्जना गर्न खोजेकाले उपभोक्ता मारमा परेको बताउनुभयो ।

निगमका निर्देशक वीरेन्द्र गोइतले गत वर्ष मङ्सिरमा १९ हजार ७७५ मेटन ग्यास आयात भएको र अहिले १८ हजार ८६६ मेटन आयात गरिएको जानकारी दिँदै बरौनी डिपोमा मर्मत सम्पन्न भइसकेकाले एक साताभित्र बजारको आवश्यकताअनुसार ग्यासको आपूर्ति बढाइने बताउनुभयो ।

ग्यास बिक्रेता महासङ्घका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले विगतमा डिलरको पूर्वाधार तथा सम्भावना अध्ययन नगरी डिलर वितरण गरिएकाले उनीहरुमाथि नियमन तथा अनुगमन हुन नसकेकाले पनि बजारमा अभावको समस्या सिर्जना भएको भन्दै अहिले उनीहरुमाथि प्रमाणीकरण गर्न खाँचो रहेको र उपभोक्ता बढेको अवस्थामा निगमले देशका आवश्यक स्थानमा ग्यास भर्ने उद्योग थप गर्नुपर्ने बताउनुभयो ।

ग्यास बिक्रेता महासङ्घका महासचिव चन्द्रबहादुर थापाले अहिले देशभर प्रतिमहिना करिब २४ हजार मेटन ग्यासको माग हुने गरेकामा आयात भने १८ हजार मेटनको हाराहारीमा भएकाले समस्या बताउनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement