advertisement
Send Us

चार सय घरघुरीमा सुधारिएको चुलो जडान

Click Link to Send:
Click Link to Send:

कञ्चनपुर, २३ पुस । वन माथिको निर्भरता कम गर्नका लागि कञ्चनपुरको कृष्णपुर–२ वाणीमा रहेको जनहित महाकाली सामुदायिक वनले ४०० उपभोक्ताका घरमा सुधारिएको चुलो जडान गरेको छ ।

वनले घाँस र दाउरा बेचेर आएको आम्दानीबाट स्थानीय उपभोक्ताका घरमा सुधारिएको चुलो जडान गरेको हो । उपभोक्तालाई सामुदायिक वनले सुधारिएको चुलो जडानका लागि रु ४०० अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

सुधारिएको चुलोको स्थानीय उपभोक्ताले प्रयोग गर्न थालेपछि वन विनाशको क्रम रोकिएको सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरीले बताउनुभयो ।

“एक भारी दाउराले एक महिनाका लागि खाना पकाउन पुग्ने भएकाले दाउराको खपत घटेको छ”, उहाँले भन्नुभयो ।

“मासिक रुपमा वनबाट स्थानीय उपभोक्तालाई एक हजार २०० भारी दाउरा उपलब्ध गराउने कार्य हँुदै आएको थियो ” अध्यक्ष चौधरीले भन्नुभयो, “हाल अधिकांशको घरमा सुधारिएको चुलो जडान भएकाले मासिक रुपमा १०० भारी दाउरामात्रै खपत हुने गरेको छ ।”

जथाभावी दाउरा सङ्कलन गर्ने कार्य हँुदा वन विनाशको क्रमसमेत बढेको थियो । चुलोको प्रयोगले वन विनाशको कार्य रोकिएको स्थानीय उपभोक्ता विनोद चौधरीले बताउनुभयो ।

खाना पकाउँदा परम्परागत चुलोमा जस्तो धुवाँ नआउने भएकाले गृहिणीलाई खोकी र श्वास प्रश्वासलगायतका समस्या हटेर गएको पाइएको सीताराम चौधरीले बताउनुभयो ।

कम दाउराको खपत हुने भएकाले वन क्षेत्रमा दाउराका लागि दैनिक जानुपर्ने समस्या नभएको स्थानीय उपभोक्ताको भनाइ छ ।

यसैगरी सामुदायिक वनको रु १० हजार अनुदान रकममा २६ परिवारले शौचालयसहितको गोबरग्यास प्लान्ट निर्माण गरी प्रयोगमा ल्याएका छन् ।

विसं २०६० मा हस्तान्तरण भएको सामुदायिक वनमा ५०० उपभोक्ता निर्भर रहेका छन् ।

Your Opinion

Opinion

advertisement
advertisement