advertisement
Send Us

काठमाडौँ, ३ माघ । नेपाल राष्ट्र बैंकले गत मङ्सिरमा उपभोक्ता मुद्रास्फीति सात प्रतिशत रहेको तथ्य आज सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७१÷७२ को प्रथम पाँचमहिनाको तथ्याङ्मा आधारित भएर सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति १०.३ प्रतिशत थियो । समीक्षा अवधिमा वार्षिक विन्दुगतआधारमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९.८ […]

काठमाडौँ, ३ माघ । प्रथम बङ्गुर मासु परिकार महोत्सव आज यहाँ सम्पन्न भएको छ । बङ्गुर व्यवसायी सङ्घलगायतका सङ्घसंस्थाको आयोजनामा भृकुटीमण्डपमा यही माघ १ गतेदेखि आजसम्म भएको महोत्सवमा करिब २० हजार दर्शकले सहभागिता जनाएको जानकारी गराइयो । महोत्सवमा विभिन्न जिल्लादेखि ल्याइएको बङ्गुरको विभिन्न परिकारका साथै मासु खरिद बिक्री भएको थियो । यहाँ आज आयोजित महोत्सव […]

काठमाडौँ, ३ माघ । गत सातादेखि बढ्न थालेको नेप्सेले यो साता पनि निरन्तरता पाएको छ । गत साता परिसूचक पहिलो दिनको तुलनामा १३.४७ अङ्कले बढेको थियो । यो परिसूचकको पहिलो दिनको तुलनामा ११.२० अङ्कले बढेर अन्तिम दिन ९३९.५३ अङ्कमा पुगेको छ । तर कारोबार रकम भने कमी आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस […]

ललितपुर, ३ माघ । प्रधानमन्त्री सुशील कोइराला आज अपराह्न नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको सानेपा किरणभवनस्थित निवासमा पुगेर उहाँका दिवङ्गत पिता इन्द्रभक्त श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो । सो अवसरमा प्रम कोइरालाले जननायक विश्वेश्वरप्रसाद कोइरालाको अत्यन्तै निकट रहेर काम गर्नुभएका श्रेष्ठको निधनले आफू अत्यन्त मर्माहत भएको […]

काठमाडौँ, ३० पुस । सरकारले खानी तथा खानीजन्य उद्योगको विकास तथा प्रवद्र्धनमा ग्रिल तथा स्टिल क्षेत्रमा काम गर्दै आएका उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने भएको छ । ग्रिल तथा स्टिल व्यवसायी महासङ्घद्वारा आयोजित दर्ता तथा प्रमाणपत्र वितरण कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले फलाम तथा स्टिल उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातलाई न्यूनीकरण गर्नुपर्नेमा जोड […]

काठमाडौँ, २९ पुस । अर्थमन्त्री डा रामशरण महतले मुलुकको पुँजी बजार विकासको क्रममा रहेको बताउँदै त्यसको स्वस्थ प्रगति एवम् स्थायित्वका निम्ति सरकार क्रियाशील रहेको स्पष्ट गर्नुभएको छ । नेपाल स्टक एक्सचेञ्जको २२ औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पुँजी बजारको विकास सोचेअनुरुप भइनसकेकाले त्यसको प्रवद्र्धनमा सरकारले सघाउने बताउनुभयो । दिगो पुँजी परिचालन आवश्यक […]

नेपालगन्ज, २९ पुस । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि अनुमानित रु एक अर्ब २३ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ । आज यहाँ आयोजित सो उपमहानगरपालिकाको २३ औँ नगरपरिषद् बैठकमा प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालले आगामी वार्षिक नीति तथा कार्यक्रमसहितको सो बजेट प्रस्ताव गर्नुभएको हो । पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश […]

काठमाडौँ, २९ पुस । व्यवसायी तथा उद्योगी विएल शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । एकानब्बे वर्षको उमेरमा गत आइतबार निधन हुनुभएका शर्माको पार्थिव शरीरमा उहाँका नाति आदित्य शर्माले दागवत्ती दिनुभएको थियो । अन्त्येष्टि समारोहमा अर्थमन्त्री डा रामशरण महत, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा, उहाँका आफन्त, शुभेच्छुक तथा समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो । […]

काठमाडौँ, २८ पुस । नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग व्यवसायका साथै सर्वसाधारणलाई प्रतिकूल असर पर्ने गरी केही राजनीतिक दलले आह्वान गरेको बन्द–हडतालप्रति असहमति जनाउँदै त्यस्ता सम्पूर्ण कार्यक्रम फिर्ता लिन सम्बद्ध पक्षसँग आग्रह गरेको छ । संवाद, सहकार्य र सहमतिबाटै सबै समस्याको समाधान खोजिनुपर्नेमा जोड दिँदै महासङ्घले वर्षौंदेखिको नेपाली जनताको आर्थिक–सामाजिक प्रगतितर्फ उन्मुख हुने चाहनालाई पूरा […]

काठमाडौँ, २७ पुस । जनताको दैनिक उपभोग्य वस्तु ग्यासको अभावलाई सहज बनाउन आग्रह गरिएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा ग्यास उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले ग्यास अभावको मौका छोपेर ग्यास लुकाउने काम गरिएको र सरकारले सही ढङ्गबाट अनुगमन गरी कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले […]