advertisement
Send Us

नेप्से १३ अङ्कले वृद्धि

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ३ माघ । गत सातादेखि बढ्न थालेको नेप्सेले यो साता पनि निरन्तरता पाएको छ । गत साता परिसूचक पहिलो दिनको तुलनामा १३.४७ अङ्कले बढेको थियो ।

यो परिसूचकको पहिलो दिनको तुलनामा ११.२० अङ्कले बढेर अन्तिम दिन ९३९.५३ अङ्कमा पुगेको छ । तर कारोबार रकम भने कमी आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १६२ कम्पनीको आठ हजार ३६५ कारोबारबाट रु ९८ करोड ६३ लाख ३२ हजार बराबरका २५ लाख ५८ हजार १४० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ३१.३९ प्रतिशत कम हो । गत साता १७० कम्पनीको ११ हजार ८३६ कारोबारबाट रु एक अर्ब ४३ करोड ८२ लाख ३६ हजार बराबरका ४५ लाख १० हजार ९३० कित्ता सेयर खरिद बिक्री भएको थियो ।

यसैगरी समूहगत परिसूचकको उतारचढाव सबैभन्दा बढी बिमा समूहको परिसूचकमा ८१.१३ अङ्कले बढेको छ भने उत्पादनमूलक समूहको नेप्सेमा ७०.४४ अङ्कले बढेको छ ।

त्यसैगरी वाणिज्य, विकास बैंक, विक्त र अन्य समूहको परिसूचकमा सुधार आएको छ ।

उता होटल, जलविद्युत् र व्यापार समूहको परिसूचक भने नकारात्मक रहेको स्टक एक्सचेन्जले जनाएको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.२१ अङ्कले बढेर २००.०९ अङ्कमा आइपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा प्रभु बैंक (संस्थापक) अग्रस्थानमा छ ।

त्यसैगरी कारोबार सङ्ख्याका आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

Your Opinion

Opinion

advertisement
advertisement