advertisement
Send Us

उद्योगी शर्माको अन्त्येष्टि

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, २९ पुस । व्यवसायी तथा उद्योगी विएल शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

एकानब्बे वर्षको उमेरमा गत आइतबार निधन हुनुभएका शर्माको पार्थिव शरीरमा उहाँका नाति आदित्य शर्माले दागवत्ती दिनुभएको थियो ।

अन्त्येष्टि समारोहमा अर्थमन्त्री डा रामशरण महत, वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा, उहाँका आफन्त, शुभेच्छुक तथा समाजका प्रतिष्ठित व्यक्तिको सहभागिता थियो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा गएको आइतबार निधन भएका शर्माको नाति आदित्य विदेश रहेकाले उहाँ आएपछि आज दाहसंस्कार गरिएको हो । शर्माका श्रीमती र तीन छोरी हुनुहुन्छ ।

यसअघि उहाँको निवास वाफलबाट शवयात्रा निकालिएको थियो ।

Your Opinion

Opinion

advertisement
advertisement