advertisement
Send Us

काठमाडौँ, १५ माघ । चेक गणतन्त्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अभिरुचि देखाएको छ । चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेकले ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो अभिरुचि प्रकट गर्नुभएको हो । चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा पनि अभिरुचि देखाउँदै पारस्परिक सहयोगमा चाहना व्यक्त गरेको भेटवार्तापछि […]

काठमाडौँ, १४ माघ । सरकारले दशदिनभित्र ग्यास आपूर्तिको सहज व्यवस्था गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले बजारमा देखिएको खाना पकाउने ग्यासको चरम अभाव हटाइ ग्यास आपूर्ति सहज तुल्याउन स्पष्ट कार्ययोजनासमेत तयार गर्न निगमलाई निर्देशन दिएको हो । […]

काठमाडौँ, १३ माघ । मेगा बैंकको रु दुई करोड नौ लाख ९० हजारबराबरको रकम ठगी प्रकरणका मुख्य योजनाकार मेगा बैंकका धादिङ शाखाका तत्कालीन प्रबन्धक राजेन्द्र पाण्डेले आज प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बैंक ठगी प्रकरणपछि जापानमा रहेका पाण्डे नेपाल आई आज प्रहरी समक्ष आत्मसमर्पण गरेको महानगरीय अपराध महाशाखका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक पुस्कर कार्कीले […]

लुम्बिनी (रुपन्देही), १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्नुभएको छ । मन्त्री अमात्यले पहिलो चरणमा निर्माणाधीन घाग्रा खोला ड्राइभर्सन तथा प्रशासनिक भवनको निरीक्षण गर्नुभएको छ । मन्त्री अमात्यले विमानस्थल निरीक्षण गरेपछि रासससँग कुरा गर्दै निर्माण कार्य तीव्रगतिमा रहेकाले समयभित्रै निर्माणको काम सकिने बताउनुभयो । […]

प्यूठान, १३ माघ । भारत–नेपाल–चीन (तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक सञ्जाल निर्माणमा ढिलाइ भएको भन्दै यहाँका स्थानीय जनताले गुनासो गरेका छन् । भारतको कृष्णनगर हुँदै प्यूठान (अर्खा)–बागलुङ (ढोरपाटन) बाट मुक्तिनाथसम्म र म्याग्दी–मुस्ताङबाट तिब्बत जोड्ने त्रि–देशीय सडक सञ्जाल निर्माणमा सम्बन्धित पक्षले ध्यान नदिएको भन्दै अर्खाका स्थानीय जनता क्षुब्ध छन् । “अब चार किलोमिटर […]

चितवन। चितवनका दुई व्यक्तिले यहाँको देवघाटमा स्थानीय जातका गाई संरक्षणका लागि करिब रु १५ लाख सहयोग गरेका छन् । गाईगोठ (गौ धर्मशाला) निर्माण र अन्य कामका लागि करिब रु १५ लाख सहयोग प्राप्त भएको गौ संरक्षण केन्द्रले जनाएको छ । चितवनका व्यवसायीले स्थानीय जातका गाई संरक्षणका लागि यसरी सहयोग गरेका हुन् । उक्त रकमले दुईवटा […]

मुस्ताङ,१३ माघ। सडक विस्तारका कारण प्रभावित मुस्ताङको पर्यटन प्रवद्र्धन गर्न ७५ किलोमिटर वैकल्पिक पदमार्ग निर्माण गरिएको छ । जिल्ला विकास समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र स्थानीय पर्यटन व्यवसायीको संयुक्त लगानीमा मुक्तिनाथदेखि म्याग्दीको नारच्याङसम्म वैकल्पिक पदमार्ग निर्माण गरिएको हो । म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म सडक सञ्चालनसँगै विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने मुस्ताङको पर्यटन क्षेत्र प्रभावित बनेको […]

तुलसीपुर (दाङ), १३ माघ । केही वर्षयता जुम्ला जिल्लाबाट दाङमा आएर घोडाको व्यापार गर्ने जुम्ली व्यापारी आउन छाडेपछि यस जिल्लाका घोडालद्दीको व्यवसाय यतिखेर सङ्कटमा पर्न थालेको छ । वर्षोदेखि घोडामा अन्नपात ओसारपसार गर्ने पेसामा संलग्न यहाँका घोडालद्दीको व्यवसाय जिल्लामा घोडा पाइन छाडेपछि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ दाङको हेकुली गाविस–४ का सो पेसा अपनाएर लामो समयदेखि […]

काठमाडौँ, ७ माघ । मलेसियाको मालिन्दो एयर इन्टरनेसनलले माघ २२ गते (६ फेब्रुअरी)देखि नेपालमा नियमित हवाइ सेवा सञ्चालन गर्ने भएको छ । एकसय ८० सिट क्षमताको बोइङ ७३७ ले दैनिक क्वालालम्पुर र काठमाडौँबीच नियमित उडान गर्ने आज यहाँ सो एयरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । नेपालमा ३१ वटा अन्तर्राष्ट्रिय क्षेत्रका एयरलाइन्सले हवाइ सेवा सञ्चालन […]

नेपालगन्ज, ६ माघ । बाँके जिल्लामा प्याकेट दूधको मूल्यमा वृद्धि गरिएको छ । दूध व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा दूधको मूल्यमा प्रतिकेजी १० रुपैयाँले वृद्धि गरिएको छ । सङ्घका अनुसार दूधको मूल्य प्रतिकेजी रु ५२ बाट बढेर अब रु ६२ पर्नेछ । त्यस्तै स्ट्यान्डर्ड दूधको मूल्यमा भने रु ८ ले वृद्धि गरी रु ५० बाट […]