advertisement
Send Us

चेक गणतन्त्र नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उत्सुक

Click Link to Send:
Click Link to Send:

czech_republic_svgकाठमाडौँ, १५ माघ । चेक गणतन्त्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न अभिरुचि देखाएको छ ।

चेक गणतन्त्रका उद्योग वाणिज्यमन्त्री यान मलाडेकले ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीसँग आज ऊर्जा मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो अभिरुचि प्रकट गर्नुभएको हो ।

चेक गणतन्त्रले नेपालमा जलस्रोत, सडक, खाद्यउद्योगलगायत क्षेत्रमा संयुक्त लगानीका परियोजना सञ्चालनमा पनि अभिरुचि देखाउँदै पारस्परिक सहयोगमा चाहना व्यक्त गरेको भेटवार्तापछि मन्त्री ज्ञवालीले राससलाई बताउनुभयो ।

चेक गणतन्त्रका मन्त्रीले नेपाल, भारत र आफ्नो मुलुकबीच त्रिपक्षीय ऊर्जा उत्पादनका संभावनाबारे जिज्ञासा राख्नुभएको जानकारी दिँदै मन्त्री ज्ञवालीले त्यसरी पनि अघिबढ्न सकिने प्रशस्त संभावना रहेको प्रत्युत्तर दिएको उल्लेख गर्नु भयो ।

दशहजार ८०० मेगावाट विद्युत् कर्णाली चिसापानी जस्ता ठूला परियोजनाबाट उत्पादन गर्न सकिने जानकारी आफूले मन्त्री मलाडेकलाई गराएको बताउँदै उहाँले पर्याप्त लगानीको अभावमा नेपालले ऊर्जा उत्पादनमा कठिनाइको सामना गर्नुपरेको वास्तविकताबारे अवगत गराएको उल्लेख गर्नुभयो ।

“चेक गणन्त्रसँग नेपालको व्यापार घाटा ठूलो छ, त्यसलाई घटाउन उक्त मुलुकको प्रविधि र लगानी अपरिहार्य छ,” चेक गणतन्त्रको अनुभव एवम् प्रविधि नेपाल भित्र्याउने सन्दर्भमा आफूले गरेको अनुरोधबारे जानकारी दिँदै मन्त्री ज्ञवालीले भन्नुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement