advertisement
Send Us

काठमाडौँ, २९ माघ । अमेरिकी कँग्रेसले सन् २००४ मा गठन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आज कर्पोरेसन र मन्त्री विमलेन्द्र निधिबीच भएको बैठकमा सो सहमति भएको हो । बैठकमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्मित पुलको मर्मतसम्भार गर्ने र सडकको पूर्वाधार विकासका लागि […]

नुवाकोट, २५ माघ । नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको ‘मध्य त्रिशूली गङ्गा नदी जलविद्युत् आयोजना’ निर्माण गरिने भएको छ । पर्फेक्ट इनर्जी डेभलमेन्ट प्रालि काठमाडौँ प्रस्तावक रहेको सो आयोजना चार वर्षभित्र पूरा गर्ने लक्ष्य छ । आयोजनको लागत रु १० अर्ब ३७ करोड रहेको छ । आयोजनाको नुवाकोटको मनकामना गाविस–३ र रसुवाको लहरेपौवा–१ मा बा“ध […]

सोलुखुम्बु, २५ माघ । सोलुखुम्बुको विकट गुदेल गाविसको चाचालुङ गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् । गुदेल गाविस भवनबाट करिब तीन घन्टा टाढाको चाचालुङमा २२० घरधुरी रहेका छन् । बाक्लो बस्ती रहेको चाचालुङवाट अन्य गाउँ पुग्न कम्तीमा दुई घन्टा लाग्छ । त्यसैले गाउँकै २२० घरका लागि ६६ वटा पसल रहेका छन् । घरैपिच्छे जस्तो […]

बागलुङ, २४ माघ । कम लगानीमै उत्पादन हुने र बजार माग बढ्दै गएपछि च्याउखेती फस्टाउन थालेको छ । कृषिमा व्यावसायिक बन्न युवा च्याउखेतीमा लागेका छन् । जिल्ला कृषि विकास कार्यालयले च्याउखेती विस्तार हुँदै गएको जनाएको छ । यही वर्ष २० जना युवाले व्यावसायिक च्याउखेतीका लागि सरकारी अनुदान पाएका छन् । प्रतिव्यक्ति रु ४० हजारका दरले […]

दार्चुला, २४ माघ । खरकडा गाविसको वडा नं ४ मा रहेको रिठेपातल साजिगाड लघुजलविद्युत् आयोजना आजबाट पुनः सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको लघुजलविद्युत् आयोजना स्थानीयको श्रमदान तथा गाविसको अनुदानमा पुनः सञ्चालनमा आएको सामाजिक परिचालक गोपाल बस्नेतले बताउनुभयो । आयोजनालाई सञ्चालनमा ल्याउन खरकडा गाविसले रु एक लाख २० हजार तथा रु दुई लाख […]

काठमाडौँ, २३ माघ। अर्थमन्त्री डा रामशरण महतले नेपालले पूर्वाधारको विकासलाई उच्च प्राथमिकता दिएको बताउनुभएको छ । नेपाल भ्रमणमा रहेको बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलसँग शुक्रबार अर्थमन्त्रालयमा कुराकानी गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सो अवसरमा अर्थमन्त्री डा महतले ठूला पूर्वाधारका साथै ग्रामीण सडक, उर्जा, सिंचाई लगायतका क्षेत्रमा प्राथमिकता दिइएको र लगानी बढाइएको जानकारी दिनुभयो । उहाँले […]

भीमदत्तनगर, २३ माघ । कुनै समय जङ्गलका राजा मानिने राउटे समुदाय वनमै रमाउँथे । उनिहरु गिठा, भ्याकुर, कन्दमूलको भरमा वस्दथे । अहिले जङ्गलमा गिठा, भ्याकुर र कन्दमूलजस्ता खानेकुराहरु सर्वसुलभ छैनन् । राउटेले गुना, बाँदर लगायतका जङ्गली जनावरको सिकार गर्दथे । काठका भाँडाकुँडा बनाई बिक्री गरेर जीविकोपार्जन गर्दै आएका थिए । उनीहरुलाई रोजीरोजीका लागि रुख काट्न […]

मोरङ, २३ माघ । मोरङमा जिल्लाका कृषि सेवा केन्द्रहरुको सेवा प्रभावकारी हुन नसकेको गुनासो बढ्दो छ । जिल्लामा रहेका चार स्थायी र तीन अस्थायी सेवा केन्द्रमा पर्याप्त बजेट, भौतिक स्रोत साधन तथा जनशक्ति अभाव भएपछि सेवा केन्द्रहरुको सेवा प्रभावकारी हुन नसकेको गुनासो बढेको हो । मोरङमा बाहुनी, उर्लाबारी, बेलबारी र रङ्गेलीमा स्थायी सेवा केन्द्रहरु छन् […]

विराटनगर, २३ माघ । भारतबाट भित्र्याइएका ठूलो परिमाणका कुखुरासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको कटहरि–७ बस्ने रिक्साचालकद्वय अजय राम र अनिरुद्ध रामलाई सोही गाविस–५ कदमगाछी मुसहरी टोलबाट गएराति पक्राउ गरिएको वडा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ । उनीहरुले रिक्सामा ५५० किलोबराबरको २४० वटा कुखुरा ल्याउँदै गरेको अवस्थामा पक्राउमा परेका हुन् । बरामद गरिएका […]

पैँयुपाटा (पर्वत), २३ माघ । दक्षिणी पर्वतको पाङ्राङका किसानले सुन्तला ढुवानी गर्दा धेरै खर्च व्यहोर्नु परिरहेको छ । ढुवानी महँगो हुँदा किसानले घाटा सहँदै आएका छन् । मूल्यभन्दा बढी रकम ढुवानीमा खर्चिने गर्दा किसानले सुन्तलाबाट नाफा कमाउन सकेका छैनन् । बर्सेनि पाङ्राङमा ४० देखि ५० टन सुन्तला उत्पादन हुने गर्छ । तर बजारसम्म पु¥याउन महँगो […]