advertisement
Send Us

स्थानीय जातका गाई संरक्षणका लागि रु १५ लाख सहयोग

Click Link to Send:
Click Link to Send:

चितवन। चितवनका दुई व्यक्तिले यहाँको देवघाटमा स्थानीय जातका गाई संरक्षणका लागि करिब रु १५ लाख सहयोग गरेका छन् ।

गाईगोठ (गौ धर्मशाला) निर्माण र अन्य कामका लागि करिब रु १५ लाख सहयोग प्राप्त भएको गौ संरक्षण केन्द्रले जनाएको छ ।

चितवनका व्यवसायीले स्थानीय जातका गाई संरक्षणका लागि यसरी सहयोग गरेका हुन् । उक्त रकमले दुईवटा सुविधायुक्त गाईगोठ बनाउन थालिएको बागिश्वरीस्थित केन्द्रका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । यहाँ स्थानीय जातका २०० गाई छन् ।

दानबहादुर श्रेष्ठले दिएको रु सात लाख रकमले पहिलो गाईगोठ निर्माण सम्पन्न हुन लागेको छ ।

यस्तै, अर्का व्यवसायी उमाशङ्कर अग्रवालले आमा गीतादेवीको नाममा रु छ लाखमा अर्काे गाईगोठ निर्माणका लागि सहयोग प्रदान गरेको पौडेलले बताउनुभयो । उक्त रकमबाट गोठ निर्माणको काम चाँडै थालिने भएको छ ।

अग्रवालले अक्षयकोषमा रहने गरी थप रु एक लाख र गौ भोजनपात्रका लागि रु ८० हजार सहयोग पनि प्रदान गर्नुभएको छ । अग्रवाल उक्त केन्द्रका आर्थिक समिति संयोजक पनि हुनुहुन्छ ।

यसअघि सामान्य रुपमा राखिएका गाईलाई अब भने आधुनिक गोठमा सारिने छ ।

चितवनको आध्यात्मिक क्षेत्र देवघाटको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रममा रहेको गौ संरक्षण केन्द्रमा बर्सेनि सामूहिक गाईपूजासमेत हुँदै आएको छ ।

विसं २०४८ मा योगी नरहरिनाथले १० वटा गाई ल्याएर यहाँ गाईपालन सुरु गर्नुभएको केन्द्रका सचिव नवराज ढकालले जानकारी दिनुभयो ।

Your Opinion

Opinion

advertisement
advertisement