advertisement
Send Us

बाँकेमा दूधको मूल्यमा वृद्धि

Click Link to Send:
Click Link to Send:

नेपालगन्ज, ६ माघ । बाँके जिल्लामा प्याकेट दूधको मूल्यमा वृद्धि गरिएको छ । दूध व्यवसायी सङ्घ बाँकेका अनुसार जिल्लामा दूधको मूल्यमा प्रतिकेजी १० रुपैयाँले वृद्धि गरिएको छ ।

सङ्घका अनुसार दूधको मूल्य प्रतिकेजी रु ५२ बाट बढेर अब रु ६२ पर्नेछ । त्यस्तै स्ट्यान्डर्ड दूधको मूल्यमा भने रु ८ ले वृद्धि गरी रु ५० बाट रु ५८ बढाइएको छ ।

यसअघि गत पुस २३ गते बसेको दूध व्यवसायी सङ्घको बैठकले दूध र दूधबाट तयार गरिने परिकारको मूल्य वृद्धि गर्ने निर्णय गरेको थियो ।

हाल सादा दहीको मूल्य प्रतिकेजी रु ७० रहेको छ । मिठा दहीको मूल्य रु ८० प्रतिकेजी रहेकामा रु ९० पु¥याइएको छ । यसैगरी यसअघि रु ४५० प्रतिकेजी पाइने पनिरको मूल्यमा पनि सङ्घले वृद्धि गरेको छ । वृद्धि मूल्य अनुसार अबदेखि पनिर प्रतिकेजी रु ५०० पर्ने भएको छ ।
सङ्घका अध्यक्ष बदरद्धिन अन्सारीले सरकारले गत पुस १६ गतेदेखि नै दूधको मूल्य बढाएपछि व्यवसायीले समेत वृद्धि गर्न बाध्य भएको बताउनुभयो ।
जिल्लामा भारतबाट समेत दूध आयात हुने गरेको छ । अन्सारीका अनुसार प्रतिदिन एकहजार ५०० लिटरसम्म भारतबाट दूध नेपाल भित्रने गरेको छ । बर्दियाबाट समेत एक हजार लिटर बढी दूध बाँके जिल्लामा आउने गरेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement