advertisement
Send Us

पोखरा, २३ माघ । पोखरा बस व्यवसायी समितिले नगर क्षेत्रमा सुविधासम्पन्न १७ वटा थप नयाँ मोडलका नगर बस सञ्चालनमा ल्याएको छ । पच्चीस फिट लम्बाइ, ८४ इन्च भित्री चौडाइ ६ दशमलव ३ फिट उचाइ र ३२ सिट क्षमता भएका वातावरण मैत्री जिपिए, सिसी टिभी र एलसिडी प्रविधि जडित ती सबै गाडी बगरदेखि खाल्टेमसिना र मनिपाल […]

चरिकोट, २२ माघ । दोलखाको उत्तरी क्षेत्र लापिलाङ–६ का सार्कीमान थामीले पालेको गाईको दूध बजार अभावका कारण बिक्री हुन सकेन । थामीले दैनिक ४० लिटर दूध उत्पादन गर्ने गरे पनि धेरैजसो दूध आफू र आफ्नो गाउँका छिमेकीलाई बाँडेर सिध्याउने गरेका छन् । उच्च पहाड, कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनासँग उनले करिब रु १३ […]

बुटवल, २० माघ । स्थलमार्गको बेलहिया नाका हुँदै सन् २०१५ को पहिलो महिना जनवरीमा नेपाल भ्रमणमा आउने तेस्रो मुलुकका पर्यटक सङ्ख्या बढेको छ । यस अवधिमा नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्या वृद्धिसँगै बुद्ध जन्मस्थल लुम्बिनीमा समेत पर्यटक आगमनमा वृद्धि भएको छ । नेपाल–भारत सीमास्थित अध्यागमन कार्यालयका अनुसार सन् २०१४ जनवरीको तुलनामा यो वर्ष पर्यटक आगमन […]

काठमाडौँ, २० माघ । काठमाडौँ महानगरपालिकाले गैरकानुनी रुपमा जथाभावी फोहर फाल्नेलाई कारबाहीस्वरुप जरिवाना गरी हालसम्म रु १३ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ । सार्क शिखर सम्मेलन हुनु केही दिनअघि महानगरपालिकाले सार्वजनिक स्थान एवम् जथाभावी फोहर फाल्नेलाई कारबाहीस्वरुप नगद जरिवाना गर्न सुरु गरेको थियो । विभिन्न ७२५ सङ्घसंस्था तथा व्यक्तिलाई गरिएको जरिवानाबाट रु १३ […]

सल्लेरी (सोलुखुम्बु), २० माघ । पाँचवटा बस सेवा समितिले संयुक्तरुपमा सोलुखुम्बुदेखि काठमाडौँसम्म सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएका छन् । सडक सञ्जालको पूर्ण विस्तारपछि सोलुखुम्बुबाट काठमाडौँका लागि रु एक हजार ४०० मा पहिलो पटक दिवा तथा रात्रिकालीन बस सुचारु गरेको जनाइएको छ । हिमाल तराई यातायात, मध्यपहाडी यातायात, खोटाङ यातायात, सगरमाथा र ओखलढुङगायातायात गरी पाँचवटा बससेवा […]

काठमाडौँ,१९ माघ ।केही महिनादेखि एलपी ग्यासको अभावका कारण उपभोक्ता अत्यधिक मारमा परेका छन् । ग्यासको अभाव सिर्जना भएलगत्तै व्यापारी कालोबजारी गरिरहेका छन् भने तोकेको मूल्यभन्दा बढी रकम तिरेर ग्यास लिन उपभोक्ता बाध्य भएका छन् । ग्यासको कालोबजारी हटाउन प्रशासनले विभिन्न प्रयास थाले पनि कालोबजारी भने यथावत् नै रहेको देखिएको छ ।

काठमाडौँ, १८ माघ । सुनकोसी जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन प्रक्रिया तत्काल अगाडि बढाउन आग्रह गर्दै रामेछाप, दोलखा र काभ्रेपलान्चोक जिल्लाका राजनीतिक दल तथा सरोकारवालाले अनुरोध गरेका छन् । उनीहरुले सो आयोजनाको सम्भाव्यता अध्ययनको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्री र ऊर्जा मन्त्रीलाई छुट्टा–छुट्टै ज्ञापनपत्र बुझाएका छन् । विद्युत् विकास विभागले काभ्रेपलान्चोक, […]

वीरगन्ज, १८ माघ । मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु ३२ करोड ३८ लाख ५० हजार ६४५ राजस्व असुली गरेको छ । सबैभन्दा बढी भन्सार करतर्फ रु १८ करोड ६२ लाख तीन हजार २८८ राजस्व असुली भएको छ । मध्यमाञ्चल राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजस्व अनुसन्धान अधिकृत सन्तोष […]

काठमाडौँ, १५ माघ । आगामी एक हप्ताभित्र ग्यास सहज हुने सरोकारवालाले बताएका छन् । मिडिया इन्टरनेसनलद्वारा आज यहाँ आयोजित अन्र्तक्रिया कार्यक्रममा इन्डियन आयल कर्पोरेसनबाट ग्यास पठाइसकेको जानकारी दिँदै उनीहरुले अब केहीदिनमै ग्यासको अभाव कम हुने बताए । वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले माग र आपूर्तिको सन्तुलन हुननसक्दा ग्यास अभाव भएको बताउनुभयो । उहाँले यातायातको सुविधासँगै […]

कास्की, १५ माघ । पर्यटकीय नगर पोखरामा पर्यटकलाई लोभ्याउन चिडियाखाना निर्माणको पहल थालिएको छ । पश्चिमाञ्चलका क्षेत्रीय प्रशासन कार्यालयको अगुवाइमा चिडियाखाना निर्माणका लागि समिति नै गठन गरिएको हो । चिडियाखाना निर्माण अध्ययन समितिको संयोजकको जिम्मेवारी यहाँको अमरसिंहचोकमा रहेको युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले लिएका छन् । प्रस्तावित १५ सदस्यीय समितिको सहसंयोजकमा जिल्ला पशुसेवा कार्यालय […]