advertisement
Send Us

मन्त्री अमात्यद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

Click Link to Send:
Click Link to Send:

gautambuddha-airportलुम्बिनी (रुपन्देही), १३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षण गर्नुभएको छ ।

मन्त्री अमात्यले पहिलो चरणमा निर्माणाधीन घाग्रा खोला ड्राइभर्सन तथा प्रशासनिक भवनको निरीक्षण गर्नुभएको छ । मन्त्री अमात्यले विमानस्थल निरीक्षण गरेपछि रासससँग कुरा गर्दै निर्माण कार्य तीव्रगतिमा रहेकाले समयभित्रै निर्माणको काम सकिने बताउनुभयो ।

उहाँले विमानस्थल निमार्णका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री सरकारले सहजरुपमा उपलब्ध गराउने बताउनुभयो । उहाँले विमानस्थललाई गुणस्तरीय बनाउन कुनै कसर बाँकी नराखिने बताउनुभयो ।

आगामी तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने उद्घोषका साथ यही माघ १ गते प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्नुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र पारिएको छ ।

निर्माणको जिम्मा पाएको चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसन समूहले पहिलो चरणमा घाग्रा खोला ड्राइभर्सन गर्ने काम सुरु भएको छ । साँढे दुई किलोमिटर लम्बाइ, ३५ मिटर चौडाइ र ६ मिटर गहिराइ रहेको उक्त नदीको ३५ दिनभित्र खनेर भ्याउने र दुई महिनाभित्र खोला फर्काइ सक्ने कम्पनीले जानकारी दिएको छ ।

नदीको दुवैतर्फ सात-सात मिटरको बाटो खनिरहेको छ । जसमध्ये एउटा बाटो आम नागरिकको प्रयोगका लागि खोलिनेछ भने अर्को बाटो विमानस्थलको आन्तरिक प्रयोजनका लागि खोलिले परियोजनाका नारायण कार्कीले जानकारी दिनुभयो ।

त्यसबाहेक प्रथम चरणामा विमानस्थलको तीन हजार मिटरको रन्वे, ट्याक्सी हिंड्ने, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकीय भवन, आन्तरिक तथा बाह्य वरपरको सडक, एअर कार्गो बिल्डिङ, सुरक्षा पोस्ट भवन, विमानस्थल सडकलगायतका भौतिक निर्माणका कार्य पनि तत्कालै सुरु गरिने कार्कीले जानकारी दिनुभयो ।

विमानस्थल डिसेम्बर २०१७ मा निर्माण सम्पन्न हुने लक्ष्य लिइएको छ । गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको विमानस्थल बन्नेछ ।

चीनको नर्थवेस्ट सिभिल एभिएसन कर्पोरेसन समूहले विमानस्थल निर्माण गर्ने जिम्मा पाएको छ । बोलपत्रअनुसार नर्थवेस्टले रु छ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ मा विमानस्थल निर्माण कार्य सम्पन्न गर्नेछ ।

अब निर्माण हुने विमानस्थलको धावनमार्ग तीन हजार मिटरको हुने छ भने वार्षिक सात लाख ६० हजार हवाई यात्रुलाई थेग्ने गरी प्रथम चरणमा विमानस्थलको निर्माण हुनेछ ।

Your Opinion

Opinion

advertisement
advertisement