advertisement
Send Us

नेपालमा नयाँ एयरलाइन्स आउँदै

Click Link to Send:
Click Link to Send:

काठमाडौँ, ७ माघ । मलेसियाको मालिन्दो एयर इन्टरनेसनलले माघ २२ गते (६ फेब्रुअरी)देखि नेपालमा नियमित हवाइ सेवा सञ्चालन गर्ने भएको छ ।

एकसय ८० सिट क्षमताको बोइङ ७३७ ले दैनिक क्वालालम्पुर र काठमाडौँबीच नियमित उडान गर्ने आज यहाँ सो एयरलाइन्सद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

नेपालमा ३१ वटा अन्तर्राष्ट्रिय क्षेत्रका एयरलाइन्सले हवाइ सेवा सञ्चालन गर्दै आएका छन् ।

नेपाल र मलेसियाका जनताको सामाजिक, आर्थिक र पर्यटकीय सम्बन्ध अझ विस्तार गर्न नयाँ सुविधायुक्त जहाजबाट सुपथ भाडादरमा विमान सञ्चालन गर्न लागिएको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत चन्दनरामा मुर्तिले बताउनुुभयो । सन् २०१३ मा मलेसिया र इन्डोनेसियाको संयुक्त लगानीमा स्थापना गरिएको सो एयरलाइन्सले अन्य पाँच देशमा सेवा सञ्चालन गर्दै आएको छ र चीन,जापान,अस्ट्रेलियालगायतका देशमा सेवा विस्तार गर्ने बताइएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement