advertisement
Send Us

दाङका घोडालद्दीको व्यवसाय सङ्कटमा

Click Link to Send:
Click Link to Send:

तुलसीपुर (दाङ), १३ माघ । केही वर्षयता जुम्ला जिल्लाबाट दाङमा आएर घोडाको व्यापार गर्ने जुम्ली व्यापारी आउन छाडेपछि यस जिल्लाका घोडालद्दीको व्यवसाय यतिखेर सङ्कटमा पर्न थालेको छ ।

वर्षोदेखि घोडामा अन्नपात ओसारपसार गर्ने पेसामा संलग्न यहाँका घोडालद्दीको व्यवसाय जिल्लामा घोडा पाइन छाडेपछि सङ्कटमा पर्न थालेको बताउनुहुन्छ दाङको हेकुली गाविस–४ का सो पेसा अपनाएर लामो समयदेखि जीवनयापन गर्दै आएका प्रवीण चौधरी ।

उहाँका अनुसार विगत पाँच–छ वर्षदेखि घोडाको व्यापार गर्न र यहाँका सीमा चार क्षेत्रमा घोडा चढाउन आउने जुम्लावासी आउन छाडेपछि सो व्यवसाय सङ्कटमा पर्न थालेको हो । घोडाको व्यवसायसँगै जाडो मौसम छल्न कात्तिक महिनामा करिब ५०० भन्दा बढी घोडा, बहुमूल्य जडीबुटी लिएर यस जिल्लामा आउने जुम्लीहरु पछिल्ला केही वर्षदेखि आउन छाडेका छन् ।

यातायातको सुविधा नहुँदा ढुवानीको साधनका रुपमा वर्षोपहिले देखि यस जिल्लामा प्रायः सबैले घोडा प्रयोग गर्दथे । तर सडक सुविधासँगै पछिल्ला वर्षमा यातायातको सुविधा भएपछि भने ढुवानीमा घोडाको प्रयोग कम भएको भएता पनि अझै पनि जिल्लाका विकट स्थानमा घोडालाई नै प्रयोग गर्न प्रचलन रहेको छ ।

Your Opinion

Opinion

advertisement
advertisement