advertisement
Send Us

नेपालगन्ज उपमहानगरपालिको बजेट एक अर्ब २३ करोड

Click Link to Send:
Click Link to Send:

नेपालगन्ज, २९ पुस । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि अनुमानित रु एक अर्ब २३ करोड ७२ लाखको बजेट प्रस्तुत गरेको छ ।

आज यहाँ आयोजित सो उपमहानगरपालिकाको २३ औँ नगरपरिषद् बैठकमा प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद भुसालले आगामी वार्षिक नीति तथा कार्यक्रमसहितको सो बजेट प्रस्ताव गर्नुभएको हो ।

पुनरावेदन अदालत नेपालगन्जका मुख्य न्यायाधीश वमकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको परिषद् बैठकमा कार्यकारी अधिकृत भुसालले आन्तरिक स्रोततर्फ रु १० करोड ४५ लाख र बाह्य स्रोततर्फ रु. एक अर्ब १३ करोड २७ लाख गरी आय प्रस्तुुत गर्नुभएको हो ।

त्यसैगरी, चालू आव २०७१÷७२ मा रु चार करोड ४७ लाख आय अनुमान गरिएकामा २०७१ मङ्सिर मसान्तसम्म रु एक करोड ८६ लाख राजस्व असुल भएको छ भने चालू वर्षको संशोधित अनुमान रु छ करोड सात लाख प्रस्ताव गरिएको छ ।

बैठकमा चालू आवमा बाह्य स्रोतबाट प्राप्त हुने आय रु ५९ करोड दुई लाखसमेत आय रु ६६ करोड ५८ लाख हुने अनुमान गरिएको छ ।

‘नेपालगन्ज नेपालको पर्यटकीय द्वार, शिक्षा स्वास्थ्य कृषि उद्योग र व्यापार, विकासको मूल आधार’ नारासहितको बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा विगतभन्दा केही नयाँपन देखिएको उल्लेख गरिएको छ ।

सो उपमहानगरपालिकाको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार तथा योजना, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आन्तरिक व्यवस्थापनमा सुधार, भ्रष्टाचारमुक्त सुशासनयुक्त प्रशासन, बिपत् व्यवस्थापनलगायतका आकर्षक योजनाहरु समावेश गरिएको छ ।

Your Opinion

Opinion

advertisement
advertisement